Widgets

Home » » बेलायतको शाही घरानामा नयाँ राजकुमार

बेलायतको शाही घरानामा नयाँ राजकुमार

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
८ साउन, काठमाडौं । बेलायतको राजपरिवारमा नयाँ राजकुमारको जन्म भएको छ । राजकुमार बिलियम र केट मिडलटनले छोरा जन्माएका छन् । राज दरवारले नयाँ सदस्यको आगमनबारे औपचारिक घोषणा गरेको छ ।  
केटले पश्चिमी लण्डनको सेन्ट म्यारी अस्पतालमा शाही बच्चा जन्माएकी हुन् ।
दरबारले जारी गरेको बक्तब्यमा डचेज र उनको सन्तान दुबै स्वस्थ रहेको उल्लेख छ । नवजात शिशुको वजन ३ किलो ६२८ ग्राम छ ।
1
शाही बच्चा जन्मको खबर परम्परा अनुसार बर्किघम प्यालेसमा सुसज्जित फ्रेममा राखेर सार्वजनिक गरिएको थियो । शाही बच्चाको जन्मको समयमा प्रिन्स विलियम्स पनि उपस्थित थिए । शाही परिवारको नयाँ सदस्यलाई पि्रन्स अफ क्याम्बि्रज नामले चिनिनेछ र उनी राजगद्दीको तेस्रो उत्तराधिकारी हुनेछ ।
शाही परिवारका नयाँ सदस्यको अगमनको घोषणा गर्ने समयमा ठूलो संख्यामा सुभचिन्तक र पत्रकार अस्पतालबाहिर उपस्थित थिए । उनीहरुले खुसी मनाएका छन् । शाही डाक्टरले नयाँ सदस्यको आगमनलाई अद्भुत बच्चा, सुन्दर बच्चा भनेका छन् ।
बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले यसको स्वागत गर्नु भएको छ ।
बच्चाको नाम उपयुक्त समयमा घोषणा गरिने दरवारका प्रवक्ताले जनाए ।
2
3
5
6
7
8
9
10

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger