Widgets

Home » » राष्ट्रिय सुटिङमा नेपाली सेनालाई दुई स्वर्ण

राष्ट्रिय सुटिङमा नेपाली सेनालाई दुई स्वर्ण

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२ साउन, काठमाडौं । नेपाली सेनाले राष्ट्रव्यापी खुला सुटिङ प्रतियोगिताको तेश्रो दिन बुधबार २ स्वर्ण जितेको छ । तीन स्पर्धाको फाइनल सकिदा २ स्वर्णका अलावा सेनाले थप १ रजत र २ कांस्य पनि जित्यो । प्रहरीले १ स्वर्ण, बाँकेले २ रजत र सप्तरीले १ कांस्य हात पारेका छन् । नेपाल सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला १० मिटर एयर पेस्तोलमा प्रहरीकी सीमा तुलाधरले स्वर्ण हात पारिन् । सीमाले १ सय ७६ अंक जोडिन् । बाँकेकी कृष्णा थापाले (१७४ अंक) रजत र सेनाकी सुनीता महर्जनले (१५३ अंक) कांस्य जिते । सोही स्पर्धाको पुरुषमा सेनाका कुँवेर केसीले बाजी मारे । उनले सर्वाधिक १ सय ७१ अंक बटुल्दै स्वर्ण चुमे । १ सय ६६ अंकसाथ बाँकेका अब्दुल वाहिद अन्सारी दोश्रो तथा १ सय ५० अंकसाथ सेनाका सुदन खड्का तेश्रो भए । सेनाका दीपक थापा पुरुष १० मिटर एयर राइफलमा च्याम्पियन बने । दीपकले १ सय ८३ अंक हासिल गरे । एक अंकले पछि परेका सेनाकै कृष्ण घोरासैनी (१८२ अंक) दोश्रो स्थानमा सीमित भए । १ सय ६३ अंक बनाएका सप्तरीका असिम यादवले तेश्रो स्थानमा चित्त बुझाए । तीनै स्पर्धाको फाइनल २ सय पूर्णाङ्कमा भएको थियो । चार स्पर्धा समावेश प्रतियोगिताअन्तर्गत महिलाको १० मिटर एयर राइफलको फाइनल प्रतियोगिताको अन्तिम दिन बिहीबार हुनेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger