Widgets

Home » » आचरण विपरीत काम गर्ने ५२ प्रहरीलाई कारबाही अपराधका घटना बढ्दो

आचरण विपरीत काम गर्ने ५२ प्रहरीलाई कारबाही अपराधका घटना बढ्दो

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
९ साउन, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले आचरण विपरीत काम गरेको भन्दै प्रहरी नायव निरीक्षकदेखि जवानसम्म ५२ जनालाई कारबाही गरेको छ । ८ जनालाई जागिर बाटै हटाइएको छ भने २ जनालाई निलम्बन गरिएको छ । त्यस्तै अन्य ४२ जनालाई बिभिन्न प्रकारका कार्वाही गरिएको छ । नोकरीबाट हटाइएकाहरुमा १ जना हवल्दार र ७ जना जवान रहेका छन् । उनिहरु मध्य एक जवान जवरजस्ती करणीमा संलग्न भएको र अन्य गम्भिर आचारण विपरीत कार्य गरेकाले सेवाबाटै बर्खास्त गरिएको जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभएको छ । कार्वाहीमा पर्नेहरुमा ३० जना जवानलाई नसिहत, शक्त चेतावनी ३ जवान, २ हवल्दार, १ प्रहरी सहायक निरीक्षक र २ प्रहरी नायव निरीक्षक रहेका छन् । त्यस्तै चालचलन सम्बन्ध प्रतिकुल राय लेखनमा १ जना हवल्दार, स्केल घटुवा २ जवान र पदोन्नती रोक्का १ जवानको भएको अधिकृत घर्तीले जानकारी दिनुभयो । बर्षै पिच्छे अपराधिक घटनाहरु बढ्दै दाङमा बर्षै पिच्छे अपराधिक घटनाहरु बढ्दै गएको एक तथ्याङकले देखाएको छ । बितेको चार आर्थिक बर्षको तुलनमा बर्षै पिच्छे साना ठुला अपराधका घटनाहरु बढ्दै गएको प्रहरीमा आएको मुद्धाको तथ्याङकले देखाएको हो । सरुवा भएर काठमाडौ जान लाग्नुभएका दाङका प्रहरी प्रमुख एसपि लोकेन्द्र मल्लले आयोजना गर्नुभएको पत्रकार भेटघाटका क्रममा बितरित अपराध तालिकामा बर्षै पिच्छे अपराधका घटना बढेको देखिएको हो । जस अन्तरगत आर्थिक बर्ष २०६६/६७ मा ४ सय ३४ वटा मुद्धा दर्ताभएकोमा ४ सय २५ वटा फच्र्यौट भएका छन भने ९ मुद्धा अझै बाँकी रहेको छ । त्यस्तै आर्थिक बर्ष २०६७/६८ मा ४ सय ४९ वटा मुद्धा प्रहरीको दर्ता भएकोमा ३ सय ३६ वटा मुद्धा फच्र्यौट भएका र १२ वटा बाँकी रहेको छ । यसैगरि आर्थिक बर्ष २०६८/६९ मा ४ सय ६८ वटा मुद्धा आएकोमा २ सय ३ वटा फच्र्यौट भएको र २ सय ६५ वटा बाँकी रहेको देखिएको छ । यस्तै आर्थीक बर्ष २०६९/७० मा ४ सय ८३ वटा मुद्धा दर्ताभएकोमा २ सय १६ फच्र्यौट भएका छन भने २ सय ६७ वटा मुद्धा फच्र्यौट हुन बाँकी रहेको अनुसन्धान अधिकृत घर्तीले जानकारी दिनुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger