Widgets

Home » , » बीपी र महेन्द्रबीचका समानता र असमनताहरु

बीपी र महेन्द्रबीचका समानता र असमनताहरु

Written By sangalo on Monday, July 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

BP and MB

राजा महेन्द्रलाई सम्झाउने उनीद्वारा रचित एउटा गीत छ, जुन अचेल रेडियो/टेलिभिजनमा बज्दैनः म मरे पनि मेरो देश बाँचिरहोस्...। प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइराला ले आफू सानो छँदा आफ्नो स्कुलमा गाएको सेसिल स्पि्रङ्-राइसद्वारा रचित बेलायती राष्ट्रिय गीत मृत्युशय्यामा रहेका बेला आत्मवृत्तान्तका सम्पादकलाई गाएरै टिपाएका थिए, जसको नेपाली अनुवाद हो: म कामना गर्दछु तिम्रा लागि, ए मेरो देश यहाँ रहेका सबै सांसारकि चीजहरू त्यस्ता सबै सम्पूर्ण र पूर्ण मेरा दोषरहित स्नेहका सेवाहरू...। नेपालको राजनीतिमा अत्यधिक चर्चित तर अलग व्यक्तित्वका धनी यिनै दुई एकअर्कासँग मिल्न नसक्दा नेपालका समस्या क्रमशः झाँगिँदै गएको भन्ने गरिन्छ। वास्तवमा उनीहरू किन मिल्न सकेनन्? संविधानसभा नभए पनि संसदीय निर्वाचनमार्फत जनताको हातमा शासन गएको डेढ वर्ष पुग्दा नपुग्दै किन र कसरी प्रजातन्त्रको चीरहरण गरियो ? यी र यस्ता प्रश्नको सेरोफेरोमा बीपी र महेन्द्रकै प्रसंग आउँछ। सम्बन्ध, समानता, असमानता, राष्ट्रप्रेम, नेतृत्व क्षमता, दूरदर्शिता, सिद्धान्त र शक्तिका हिसाबले यी दुई शीर्ष व्यक्तित्व र त्यस समयको मूल्यांकन सान्दर्भिक हुन्छ। यो पनि त्यतिबेला, जतिबेला ००७ सालदेखि ०१५ सालको जस्तै संक्रमण र अन्योलग्रस्त छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger