भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२९ असार, काठमाडौं । एकजना नेपालीको दैनिक आम्दानी कति होला ? सरकारले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार भन्ने हो भने औसतमा एकजना नेपालीको दैनिक आम्दानी १ सय ७१ रुपैयाँको हाराहारीमा रहेको छ । तर, दिनमा ५२ रुपैयाँभन्दा कम आम्दानी भएका गरीबहरुको संख्या भने नेपालमा कूल जनसंख्याको २३.८ प्रतिशत रहेको छ ।
तीनवर्षे आवधिक योजना बनाउने क्रममा यसैसाता नेपाल सरकारले १० वर्षमा नेपाललाई विकासशील राष्ट्रमा उकाल्ने दाबी सार्वजनिक गरेको छ । तर, विश्व बैंकले तयार गरेको मापदण्डअनुसार विकासशील मुलुकमा स्तरोन्नति हुनका लागि प्रतिव्यक्ति वाषिर्र्क आय १२ सय डलरको हाराहारीमा पुग्नुपर्छ । अहिले नेपालीको प्रतिव्यक्ति वाषिर्क आम्दानी ७ सय १७ डलरमा सीमित छ ।
अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण ०७० अनुसार चालु आर्थिक वर्षमा नेपालीको वाषिर्क प्रतिव्यक्ति ६२ हजार ५ सय १० अर्थात् ७ सय १७ अमेरिकी डलर पुग्ने देखिएको छ । कूल ग्राहस्थ उत्पादन (जीडीपी) को आधारमा उक्त आय देखिएको हो । यस आधारमा नेपालीको औसत दैनिक आय सरदर १ सय ७१ रुपैयाँ हुन्छ । त्यसमध्ये ५२ रुपैयाँभन्दा कम आम्दानी गर्नेको संख्या कुल जनसंख्याको २३.८ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यसो त एकै दिनमा हजार रुपैयाँभन्दा बढी कमाउने नेपालीहरु पनि नभएका चाहिँ होइनन् । तर, सीमित व्यक्तिहरुको आम्दानी उच्च भए पनि औसत आयमा हिसाब गर्दा एक नेपाली बराबर दैनिक औसत आय १ सय ७१ को हाराहारीमा देखिएको हो । यस्तो औसत आयको तथ्यांकले नेपालीहरुको समग्र अवस्था भने चित्रण गर्दैन । नेपालीहरुवीच आयस्तरमा ठूलो असमानता छ भन्ने कुरा दैनिक ५२ रुपैयाँभन्दा कम आय हुने नेपालीको संख्याले प्रष्ट पारेको छ ।
त्यसैगरी, सरकारले तिर्न बाँकी ऋण कूल ग्राहस्थ उत्पादनको ३०.१ प्रतिशत रहेको आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ । गत वर्ष ३४.१ प्रतिशत रहेकोमा यो वर्ष घटेको हो । सक्षम सरकारी संयन्त्र भएका मुलुकमा यस्तो ऋण जीडीपीभन्दा बढी हुनु पनि स्वाभाविक मानिन्छ भने ऋणको सही सदुपयोग गर्न नसक्ने नेपालजस्तो मुलुकमा एक तिहाइसम्म उपयुक्त मान्ने गरिन्छ । कूल ऋणमध्ये वैदेशिक ऋणको अनुपात १७.६ प्रतिशत रहेको छ । गत वर्ष यस्तो अनुपात २०.१ प्रतिशत थियो । आन्तरिक ऋणको अनुपात १२.४ प्रतिशतमा झरेको छ ।
Home »
समाचार
» एक नेपालीको दैनिक आम्दानी १७१ रुपैयाँ ५२ रुपैयाँभन्दा कम आम्दानी गर्नेको संख्या २३.८ प्रतिशत
एक नेपालीको दैनिक आम्दानी १७१ रुपैयाँ ५२ रुपैयाँभन्दा कम आम्दानी गर्नेको संख्या २३.८ प्रतिशत
Written By sangalo on Friday, July 12, 2013
भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्
Labels:
समाचार
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.