भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भारतिय सिनेमाका चर्चित कलाकार प्राणको निधन भएको छ । सन् १९५० र ६० को दशकमा बलिउडमा चर्चित खलनायकको रुपमा चिनिएका कलाकार प्राण यसपश्चात एकाएक सामान्य भूमिकामा देखिएका थिए ।
मनोज कुमारको चलचित्र ‘उपकार’मा सकारात्मक पात्रको भूमिका निर्वाहा गरेपछि प्राणलाई पछाडी फर्केर हेर्नु परेन । ९३ बर्षको उमेरमा उनको मुम्बइको लिलावती अस्पतालमा निधन भएको हो । उनको निधनमा सिंगो बलिउड नै शोकमग्न भएको छ ।
प्राणले चलचित्रको पर्दामा नेपाली भादगाउँले टोपी पनि लगाएका थिए । उनलाई नेपाली दर्शकले पनि उत्तिकै माया र सद्भाव दिएका छन् । प्राणले मधुमती, जिद्दी, राम और श्याम, जंजीर जस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए । तर उनले आफूले अभिनय गरेको सिनेमा हेर्न रुचाउँदैनथ्य । प्राणले आफू अभिनित एक मात्र चलचित्र ‘जंजिर’ हेरेको बताइन्छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.