Widgets

Home » » त्यागेको शिशु लिन होडबाजी !

त्यागेको शिशु लिन होडबाजी !

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३१ असार, सुर्खेत । दैलेखकी एक युवतीले आफैले जन्माएको नबजात शिशु छोरा त्याग्ने इच्छा व्यक्त गरेपछि उनको जिम्मा लिन होडवाजी देखिएको छ । शिशु त्याग्ने आमाको चाहना शीर्षकमा आइतवार समाचार प्रकाशित भएपछि राजधानीसहित देशका विभिन्न भागवाट उक्त शिशु जिम्मा लिन होडवाजी चलेको हो । शिशुलाई जिम्मा लिने इच्छासहित सोमवार दिनभरजसो विभिन्न ब्यक्तिहरुले सम्पर्क गरेको जिल्ला बाल कल्याण समितिले जनाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । समितिका बालअधिकार अधिकृत रमा भण्डारीले सुर्खेतसहित विभिन्न ठाउँवाट शिशुलाई जिम्मा लिन्छौ भन्नेहरुको होडवाजी नै चलेको बताइन् । केही बालगृह, सन्तान नभएका दम्पती । अबिबाहितले समेत शिशुलाई जिम्मा लिन्छौ भन्दै समितिमा सम्पर्क गरेको भण्डारीले जानकारी दिइन् । बालबालिका एने २०४८ र सोसम्बन्धी नियमावली २०५१ अनुसार ती युवतीले कानुनी रुपमा शिशुको परित्याग गर्न सक्ने र उक्त शिशु धर्मपुत्रको रुपमा माग भई आएमा कुनै व्यक्तिहरुलाई दिन सकिने व्यवस्था छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger