Widgets

Home » » प्रहरी विद्यालयकै शिक्षक नक्कली, ५० हजारमा नक्कली नियुक्ति

प्रहरी विद्यालयकै शिक्षक नक्कली, ५० हजारमा नक्कली नियुक्ति

Written By sangalo on Wednesday, June 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१३ असार, काठमाण्डौं । नेपाल प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित नेपाल प्रहरी विद्यालय सामाखुसीमा अध्यापन गराउने अधिकांश शिक्षकहरुको शैक्षिक योग्यता नपुगेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अभिभावकहरुले उजुरी दर्ता गराएका छन् ।
प्रहरी उच्च अधिकारीका श्रीमती र आफन्तलाई शिक्षकमा नियुक्त गरिएको भन्दै अभिभावकहरुले पटक पटक योग्यता नपुगेका शिक्षकलाई हटाउन माग गरे पनि व्यवस्थापन समितिले बेवास्था गरेको भन्दै अभिभावकहरुले अख्तियारमा उजुरी दिएका हुन् ।
प्रहरी अधिकारीको संरक्षणमा विद्यालय व्यवस्थापन समितिले चाहेर पनि कारबाही प्रक्रिया अगाडि बढाउन नसकेको अभिभावकहरु बताउँछन् । विद्यालयमा प्रशासकीय र व्यवस्थापकीय कार्यका लागि ३८ जना कर्मचारीहरु कार्यरत छन् ।
महानगरीय आयुक्त कार्यालय रानीपोखरी मातहत रहेको विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रयास नगरेको नेपाल समाचारपत्रमा खबर छ । अधिकांश तल्लो तहका प्रहरी कर्मचारीका छोराछोरी पठनपाठन गर्ने विद्यालयमा अभिभावकले गुणस्तरको कुरा उठाउँदा उल्टै धम्काउने गरेको एक अभिभावकले जानकारी दिए ।
५० हजारमा नक्कली नियुक्ति
एक पूर्व प्रहरीले प्रहरीकै लेटरप्याड प्रयोग गरेर पैसा उठाउँदै नक्कली भर्ना गर्ने भन्दै एक किशोरीलाई ठगेको खुलेको छ । प्रहरीमा जागिर खाएको भन्दै परिवार र आफन्तबाट बधाई र शुभकामना लिएर तालिम गर्न यशोधा श्रेष्ठ प्रधान कार्यालय आएपछि पूर्वप्रहरीले ठगी गरेको खुलेको हो ।
प्रहरी जवानमा नियुक्त भएको नियुक्तिपत्र पाएपछि यशोधा मख्ख हुँदै तालिमका लागि मंगलबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेकी थिइन । तालिमका लागि भरतपुर तालिम केन्द्र जाने भन्दै आवश्यक बन्दोबस्तीका सामानसहित उनी प्रधान कार्यालय पुगेको नयाँ पत्रिकामा खबर छ ।
प्रधान कार्यालयबाट प्रहरीकै गाडीले भरतपुर तालिम केन्द्र पुर्‍याउने भन्दै शिव गिरीले ५० हजार रुपैयाँ लिएका थिए । शिवले नै उनलाई प्रहरी प्रशासन शाखामा गएर भेट भन्दै गेटमा छोडेका थिए । उनले नियुत्ति पत्र देखाउँदै प्रशासन जाने भन्दा अन्य प्रहरीले सोधपुछ गरेर पछि उनको नियुक्ति पत्र नक्कली भएको भन्दै छानविन गर्दा नक्कली नै भएको पुष्टि भएको थियो ।
पूर्व प्रहरी रहेका उनले पहिला पनि त्यस्तै काम गर्दा जागिरबाट बखास्ति भएका थिए । पुरानो रकेड अनुसार फोटा झिकेर खोजीमा हिडेको प्रहरीले मंगलबार साँझ गिरीलाई स्वयम्भुमा पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger