भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
राजविराज, असार १६ - सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारबाट सुरुङ्ग खनेर फरार भएका १२ जना कैदीमध्ये कुख्यात अपराधी धिरेन्द्र यादवसहित तीन जना पक्राउ परेको छ । यादव नै कारागारमा सुरुङ्ग खनेर कैदी भगाउने योजनाका मुख्य योजनाकार रहेको बताइन्छ । भारतीय प्रहरीले बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको कटैया-भवानीपुर क्षेत्रबाट यादवलाई आइतबार पक्राउ गरिएको बिहार विरपुरका डीएसपी मनोजकुमार रामले बताए । यादवसँगै अरु दुई जना पक्राउ परेको विषयमा भारतीय प्रहरीले केही खुलाएको छैन । तर, श्रोतका अनुसार भुम्का कारागारबाटै यादवसँगै फरार भएका सुभाष झा र बमबम यादव पनि पक्राउ परेको छ । तीनै जना २३ कार्तिक, २०६९ मा झुम्का कारागारबाट फरार भएका थिए । कुख्यात अपराधी धिरेन्द्र यादवमाथि नेपालमा जिल्ला कृषि विकास बैंक सप्तरीका तत्कालिन प्रमुख विक्रम शाहको हत्या, नेपाली नागरिकता, हातहतियार, लुटपाट सहितका मुद्दा छन् । यता झुम्का जेलबाट फरार हुनु अगाडि सुभाष यादव सिरहा जेल ब्रेक गरेर त्यहाँबाट पनि फरार भएका थिए । उनीमाथि नेपालमा नागरिकता, हातहतियार तथा लुटपाटका मुद्दा छन् । यस्तै बमबममाथि पनि तत्कालिन सप्तरी कृषि बैंकका प्रमुख शाहको हत्या र लुटपाटका मुद्दा छन् । शाहको हत्यापछि सप्तरी प्रहरीले लामो समयको प्रयासपछि धिरेन्द्र र बमबमलाई सुनसरीको इटहरीस्थित एक रिसोर्टबाट पक्राउ गरेका थिए । त्यसपछि सप्तरी जिल्ला अदालतबाट कर्तब्य ज्यानको मुद्दा सजाय भोग्ने क्रममा दुबै जना सप्तरी अदालतबाट सरुवाहुँदै पछिल्लो पटक झुम्का कारागार पुगेका थिए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.