Widgets

Home » » सिलिण्डरमा ४ केजी कम ग्यास

सिलिण्डरमा ४ केजी कम ग्यास

Written By sangalo on Sunday, June 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

cylinder
नवलपरासी, असार १६ - कोशी ग्यासबाट उत्पादित खाना पकाउने ग्यास सिलिण्डरहरु कमतौल गरेर उपभोक्तलाई ठगिगरेको पाइएको छ । खाना पकाउने सिलिण्डरमा प्रतिसिलिण्डर ४ केजीसम्म कमतौल भएको फेला परेको छ । कोशी ग्यासको कावासोतीमा रहेको डिलर श्रृजना इन्टरप्राईजेजबाट बिक्री हुँदै आएको ग्यास शिलिण्डरहरु स्थानीयले शंका लागेर जोख्दा हरेक सिलिण्डरमा आधा केजीदेखि ४ केजीसम्म तौल कम भएको भेटिएको हो । डिलरबाट घरमा लगेको ग्यास महिनादिन पनि नपुग्ने गरेपछि उपभोक्ताले शंका लागेर जोख्दा कमतौल भएको भेटिएको हो । कमतौल भएका शिलिण्डरको हल्लापछि घरघरबाट गृहिणीले तौलकेन्द्रमा जोखाउन ल्याउनेको भीड नै लागेको थियो । प्रहरीले आधिकारीक डिलर श्रृजना इन्टरप्राइजेजमा छापामारेर सबै सिलिण्डर शिलबन्दी गरेको छ । त्यहाँका १ सय ८ वटा शिलिण्डरमा शिल गरेको छ । पहिलो चरणमा १८ वटा शिलिण्डर जोख्दा ७ वटामा कमतौल भेटिएको हो । नवलपरासीको गैंडाकोटमा रहेको कोशी ग्यास कारखानाबाट उत्पादित शिलिण्डरहरुमा कमतौल भेटिएपछि प्रहरीले नापतौल विभागमा खबर गरेको जानकारी दिएको छ । नापतौलका प्राविधिकहरुले परीक्षण गरेपछि कसले बदमासी गरेको हो भन्ने खुल्ने छ । कमतौल भएका शिलिण्डरबाट आफूहरु ठगिएको थाहा पाएपछि कावासोती र आसपासका गृहिणीहरुले महेन्द्रराजमार्गको यातायात केहिबेर अवरुद्ध गरेर कडा कारबाही गर्न माग गरेका थिए । आधाघण्टा जामगरेपछि यातायात सुचारु भएको थियो । ग्यास डिलरका सञ्चालक रामकृष्ण पुडासैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger