Widgets

Home » » लुटेर कमाएको जनताको धन माओवादीले फिर्तागर्नुपर्छ

लुटेर कमाएको जनताको धन माओवादीले फिर्तागर्नुपर्छ

Written By sangalo on Friday, June 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


एमाले भातृ संगठन युवा संघका अध्यक्ष महेश बस्नेतले एमाओवादी पार्टीले लुटेर कमाएको जनताको धनपैसा फिर्ता गर्नुपर्ने बताएका छन् । एमाले दधिकोट गाउँ कमिटीले आज भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले यस्तो अभिव्यक्ति दिएका हुन् । 'देश र जनतालाई लुटेर दादागिरी देखाउँदै माओवादी पार्टीका नेताहरुले अरबौ रकम कुम्लाएका छन् उनले भने उक्त रकम राज्यले छानविन गरी फिर्ता ल्याउनु पर्छ ।' माओवादीले कमाएको अबैद्य सम्पत्ति राज्यले छानवीन गर्न नसके जनताले जबर्जस्ती खोस्नुपर्ने भन्दै बस्नेतले आक्रोस पोखे । जनतासँग लुटेर कमाएको माओवादी नेताको अबैधानिक धनसम्पत्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण आयोग र राज्यका अन्य निकायहरु मिलेर छानवीन तथा अनुसन्धान गर्नुपर्ने बताए । माओवादी जनसेनालाई भनेर छुट्टाइएको करोडौ रकम माओवादी पार्टीका नेताहरुले हिनाबिना गरेकाले उक्त रकमको पनि छानवीन गरिनुपर्नेमा उनले जोड दिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger