भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सन् २००२ मा गाडी चलाएर सडक पेटीमा सुतिरहेका १ जना बटुवाको हत्या गरेको र ४ जनालाई घाइते बनाएको आरोपमा बलिउड नायक सलमान खान अदालतमा मुद्दा खेपिरहेका छन् । भारतिय संचारमाध्यमहरुको अनुसार सलमानको मुद्दाको फैसला सोमबार अर्थात आज हुँदैछ ।
मुम्बइको सेशन्त कोर्टले आफ्नो फैसला सोमबार सुनाउने तयारी गरेको छ । यसैले पनि सलमानका लागि सोमबार निक्कै महत्वपुर्ण हुने देखिएको छ ।
यो अभियोगमा मुद्दा चलाइएको बिषयमा सलमानले सेशन्त कोर्टमा अपिल गरेका थिए । सलमानको अपिल पश्चात अदालतले सोमबार फैसला गर्न लागेको हो । सलमानलाई धारा ३०४ को भाग २ अन्र्तगत मुद्दा चलाइएको छ । यो धारा अनुसार सलमानलाई १० बर्षसम्म जेल सजायँ पनि हुनसक्छ ।
तर सलमानका वकिलले खानलाई लगाइएको धारा त्रुटिपुर्ण रहेको बताएका छन् । उनले सलमानको पेटीमा गाडी चलाएर बटुवाको हत्या गर्ने कुनै योजना नभएको र उनलाई कुनै जानकारी पनि नभएको बताएका छन् । विगत ११ बर्षदेखि यो बिषयको फैसला हुन नसक्दा सलमान तनावमा पनि छन् । उनले यही कारणले गर्दा आजसम्म बिहे गर्न नसकेको बताइएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.