भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भदौ २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरो भ्यालेन्टाइन’मा नायिकाद्धय निशा अधिकारी र सुष्मिता ढकालको नयाँ खेल हेर्न पाइने भएको छ । चलचित्रमा नायिका निशा अधिकारी र बाबु बोगटीको जोडीलाई देख्न सकिन्छ । यस्तै स्वतन्त्रप्रताप शाह र सुष्मिता ढकाललाई पनि रोमान्स गर्दै गरेको अवस्थामा देख्न सकिन्छ ।तर निर्माणपक्षले सार्वजनिक गरेको नयाँ प्रोमोमा भने निशा र सुष्मिताले नयाँ खेले खेलेका छन् । प्रेम गर्ने एउटासँग रोमान्स गर्ने अर्कोसँग, यस्तै खेला निशा र सुष्मिताको देख्न सकिन्छ । सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको यो चलचित्रलाई सुशिल श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, शम्भु सापकोटाको छायांकन, बनिष शाहको सम्पादन छ । चलचित्रले दर्शकलाई प्रेमको याँद गराउने बताइएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.