भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
रणवीर सिंहको बलिउड उमेर तीन वर्षजति मात्र भएको छ । पहिलो फिल्म 'ब्यान्ड बाजा बारात' बाट फिल्म फेयरको बेस्ट मेल डेब्यु अवार्ड जितेका उनले त्यसपछिका फिल्ममा पनि आफूलाई प्रमाणित गर्दै आएका छन् । सन् २०११ मै आठवटा अवार्ड जित्नुले उनी लगनशील अभिनेता रहेको पुष्टि गर्छ । आफूमा विश्वास घट्दै गएकाले त होइन होला, तर उनले जुँगा मुसार्दै भनेका छन्, 'जुँगा मेरो लागि पनि भाग्यशाली हुनेछ ।' भारतले हालैको च्याम्पियन्स ट्रफीको फाइनलमा इंग्ल्यान्डलाई धूलो चटायो । यो म्याचको सुरुआतदेखि नै शिखर धवन र रवीन्द्र जडेजा चम्केका थिए । एक प्रकारले, यी दुईकै कारण भारत विजेता बन्न सफल भएको भन्न सकिन्छ । यी दुवै क्रिकेटर जुँगावाल हुन् । शिखरले त अझ प्रत्येक अर्धशतक र शतकमा जुँगामा मजाले ताउ लाउने गरेका छन् । रणवीरलाई लाग्छ, शिखर र रवीन्द्रले कमाल गर्नुमा उनीहरूको जुँगाको ठूलो हात थियो । त्यसैले, 'रामलीला' फिल्मका लागि ह्यान्डलवाल जुँगा पालेका अभिनेता यो सोख आफ्नो सफलताका लागि पनि अनुकूल हुनेमा आशावादी भएका हुन् । यी २७ वर्षे लक्का जवान 'रामलीला' मा दीपिका पादुकोणको अपोजिटमा छन् । सोनाक्षी सिंहसँगको 'लुटेरा' सकेर धारिलो जुँगा प्रदर्शन गर्दै हिँडेका अभिनेता मर्दको यो निसानीलाई 'रामलीला' को काम सकेपछि पनि तत्काल नत्याग्ने मुडमा छन् । अर्थात्, कथाले नमागुन्जेल फ्यानहरूले उनलाई यही रूपमा देख्न सक्नेछन् । अचेलका प्रायः युवती झ्यापझ्यापी दाह्रीजुँगा भएका पुरुष देखे बार्ह हात पर भाग्ने गर्छन् । यो कुरो रणवीरलाई थाहा नहोला भन्न सकिन्न । तर उनलाई त्यसको परवाह छैन । उनलाई उद्धृत गर्दै एउटा अनलाइनले लेखेको छ, "ब्यान्ड बाजा बारात' बाट मेरो धमाकेदार सुरुआत भयो । 'लेडिज भर्सेज रिकी बहल' मा म सेक्स अब्जेक्टका रूपमा प्रस्तुत भएँ । त्यो मेरो रुचिभन्दा पनि कथाको माग थियो । तर अहिलेको मेरो एजेन्डा फिमेल फ्यान फलोअर बढाउनुभन्दा पनि चुनौतीपूर्ण रोल खेल्नु र आफूलाई भर्सटाइल एक्टर प्रमाणित गर्नु रहेको छ ।'
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.