भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पुरानो आहानले भन्छ, 'प्रेम वा कसैप्रतिको आसक्ति सधैंका लागि लुकाइराख्न सकिन्न ।' रणवीर कपुर र कटि्रना कैफका मामिलामा यो कुरा सत्य सावित भएको छ । जति नै सावधानीपूर्वक पाइला चाले पनि उनीहरूबीचको निकटता छताछुल्ल हुँदै गएको छ । उनीहरू आआफ्नो ब्रेकअपपछि केही वर्षअघि नजिकिएका थिए । सलमान खानसँग छुट्टएिपछि एक्लिएकी कटि्रनासँग दीपिका पादुकोणबाट अलग भएका रणवीरको बढ्दो निकटताले त्यति बेला बलिउडलाई गफिने बहाना दिएको थियो । कटि्रनाले बुहारी बन्ने संकेत गर्दै परिवारमा आवतजावत बढाएपछि रणवीरकी मम, अर्थात् ऋषि कपुरकी पत्नी नीतुले आफ्नो एक मात्र छोरालाई सचेत गराएकी थिइन् र कटि्रनालाई 'कपुर खानदानकी बुहारी बन्ने सपना नदेख्न' चेतावनी दिएकी थिइन् । त्यसपछि रणवीर र कटि्रनाबीच कोपिलाउँदो माया मुर्झाएको थियो । यति बेला आएर, 'यह जवानी है दिवानी' ले बक्स अफिसमा उधुम मच्चाएपछि एक्स गर्लफ्रेन्ड दीपिकासँगको रणवीरको केमेस्ट्री 'रिल' बाट 'रियल' तर्फ बढ्ने हो कि भन्ने अड्कल काटिन थालेका बेला युवा अभिनेत्री कटि्रनाको रोमान्समा रमाइरहेको खुलासा भएको छ । फिल्मकर्मी तथा पटकथाकार मेलानी एस्टोनले टि्वटरमार्फत यो कुरो सार्वजनिक गरिदिएकी हुन् । उनी हालैको एक रात आमिर खान, रणवीर र कटि्रनासँग एउटा रेस्ट्रो बारमा थिइन् । त्यहाँ खाइपिई सकिएपछि रणवीर र कटि्रना घुम्न निस्केका थिए । राति नागबेली चालमा हिँड्दै गरेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरूलाई चिनेपछि अटोग्राफ लिएर ससम्मान छाडिदिएको थियो । त्यो प्रहरी काण्डबाहेक कटि्रनालाई रणवीरको घरमा पनि देखिएको थियो, 'सासू' नीतु र केही साथीसँग । सोसल साइट्समा राखिएका फोटामा उनीहरू यति सहज देखिएका थिए, मानौं नीतुले लगनगाँठो कस्न सहमति जनाइसकेकी छन् । सही हो— प्रेम लुकाउन सकिन्न ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.