Widgets

Home » » विश्वको सबैभन्दा तिब्र गतिको वायरलेस सेवा

विश्वको सबैभन्दा तिब्र गतिको वायरलेस सेवा

Written By admin on Thursday, June 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दक्षिण कोरियाको मोबाइल अपरेटर कम्पनी एस के टेलिकम कम्पनीले विश्वको अहिलेसम्मकै सबैभन्दा तिव्रगतिको वायरलेस नेटवर्क सार्वजनिक गरेको छ । एलटिइ एडभान्स नेटवर्क नाम दिइएको उक्त वायरलेस नेटवर्क फोर जी नेटवर्कको नयाँ संस्करण सिओलमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । यो नेटवर्क फोर जी भन्दा दोब्बर छिटो तथा थ्री जी सेवा भन्दा १० गुणा तिब्र गतिको रहेको दाबी कम्पनीको छ ।
1
यो नेटवर्कमा डाटा ट्रान्सफरको गति १५० मेगामाइट प्रतिसेकेण्ड हुनेछ यसको अर्थ ८०० मेगाबाइटको फिल्म केवल ४३ सेकेण्डमै डाउनलोड गर्न सकिनेछ । सुरुमा यो सेवा दक्षिण कोरियाको सिओल र आसपासका क्षेत्रमा मात्र उपलब्ध हुने र सामसुङ ग्यालेक्सी एस फोर स्मार्टफोनमा यसको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
2
ताररहित वायरलेस सेवा एल टी इ अर्थात् लंग टर्म इभोलुसनको चौथो पुस्ता अर्थात् फोर जी को तिब्र गतिमा विकाश भैरहेको दक्षिण कोरियामा मोबाइल प्रयोगकर्ताको तिव्र इन्टरनेट सेवाको चाहनालाई सम्बोधन गर्न पछिल्लो तिब्र गतिको वायरलेस सेवा सार्वजनिक गरिएको हो । यो एलटिइ नेटवर्क यो वर्षको अन्त्यसम्ममा विश्वका ८७ देशमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger