Widgets

Home » » काठमाडौं एयरपोर्टमा आयो आरामदायी ट्याक्सी

काठमाडौं एयरपोर्टमा आयो आरामदायी ट्याक्सी

Written By sangalo on Friday, June 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिर जाने र नेपाल भित्रिने स्वदेशी तथा विदेशी यात्रुले अब सुविधा सम्पन्न एसीयुक्त ट्याक्सी चढ्न पाउने भएका छन् । आगामी सोमबारदेखि विमानस्थलमा नयाँ ट्याक्सी संचालनमा ल्याइने भएको छ । अहिले विमानस्थलमा यात्रुहरुले पुराना र थोत्रा ट्याक्सी प्रयोग गर्दै आएका छन् । पुराना र थोत्रा ट्याक्सीले नेपालको छवि बिगि्रनुका साथै यात्रुहरुले समेत गुणस्तरीय सेवा पाउन नसकेको गुनासो बढेपछि नागरिक उड्डायन प्राधिकरणले पुराना ट्याक्सी हटाएर नयाँ ट्याक्सी प्रयोगमा ल्याउन लागेको हो । नयाँ ट्याक्सी प्रयोगमा आएपछि विमानस्थलको मुहार समेत फेरिने अपेक्षा गरिएको छ ।
suzuki ecco
यही आर्थिक वर्षभित्र २०० कार सञ्चालन गर्ने योजना रहेको र १५८ कार बुकिङ्ग भइसकेको विमानस्थल हवाइ यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले जनाएको छ । प्राधिकरणले पुराना ट्याक्सीलाई विस्थापन गरेर नयाँ ट्याक्सीबाट सेवा प्रदान गर्न गत वर्ष टेण्डरमार्फत उक्त कम्पनीलाई छनोट गरेको थियो । ६ महिनाभित्र सेवा सुरु गर्ने लक्ष्य लिए पनि सरकार परिवर्तनको घटनाले ढिलो भएको नागरिक उड्ययन प्राधिकरणका निर्देशक राधाकृष्ण अधिकारीले बताउनुभयो ।
प्राधिकरणले कम्पनीलाई ३०० वटासम्म ट्याक्सी सञ्चालन गर्न अनुमति दिएको छ । क्रमशः ट्याक्सी थप्ने कम्पनीका प्रबन्ध निर्देशक पुरुषोत्तम सिंखडाले जानकारी दिनुभयो । ४० करोड रुपैयाँको यो परियोजनामा ८० प्रतिशत बैंक ऋण र २० प्रतिशत स्वपुँजी रहेको उहाँले जानकारी दिनुभयो । यो कम्पनी पुराना ट्याक्सी सञ्चालकहरुकै लगानी रहेको पब्लिक कम्पनी हो ।
२० वर्ष पुराना ट्याक्सीका नम्बरमै नयाँ ट्याक्सी दर्ता गरिनेछ । सरकारले २० वर्ष पुराना गाडी विस्थापन गर्ने निर्णय एक दशकअघि गरेको भए पनि लागू हुन सकेको छैन । यो निर्णय पहिलो पटक एयरपोर्टमा लागू हुने भएको हो । अघिल्लो सरकारले ५० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय गरेको थियो । तर, नयाँ सरकारले उक्त निर्णय लागू नगरेपछि २४० प्रतिशत नै कर तिरेर कार आयात गरिएको सिंखडाले बताउनुभयो ।
नयाँ ट्याक्सीको विशेषता
हाल ८०० सिसीका मारुतीले ट्याक्सी सेवा दिइरहेकोमा अब न्यूनतम क्षमता १००० सिसी तय गरिएको छ । १९ देखि २५ लाख रुपैयाँ मूल्य रहेका कारबाट सेवा दिने कम्पनीले जनाएको छ । सेवाको पहिचान र एकरुपताका लागि सबै ट्याक्सी सेतो रंगका हुने कम्पनीले जनाएको छ । बस्ने र सामान राख्ने पर्याप्त स्थानसहितका यी ट्याक्सीमा एसीको सुविधा रहेको छ ।
Ford-Figo-Final
अहिलेसम्म फोर्डको फिगो र क्लासिक गरी १०८ वटा र सुजुकीका वागेन-आर र इको गरी ५० वटा बुकिङ्ग भइसकेको सिंखडाले जानकारी दिनुभयो । त्यसमध्ये केही गाडी प्राप्त भइसकेको र केही आउने क्रममा रहेको उहाँले बताउनुभयो । सेवा गुणस्तरीय भएकाले यात्रुले अहिले तिरिरहेको मूल्यभन्दा केही बढी तिर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । प्राधिकरण र कम्पनीले समझदारीमा यात्रु भाडा तय गर्नेछन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger