Widgets

Home » » आतंक मच्चाउँदै नयाँ ड्रग्स

आतंक मच्चाउँदै नयाँ ड्रग्स

Written By sangalo on Friday, June 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

1

पछिल्ला केही वर्ष यता विश्वभर नै एक नयाँ लागु औषधको प्रयोग निकै तिब्र दरमा बढिरहेको र एक हदसम्म यो लागुऔषधको आतंक फैलिँदै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार लिगल हाइ नामक उक्त लागु औषधले विश्वका केही देशका सरकारलाई समेत समस्यामा पारेको छ । संयुक्त राष्ट्रसंघ अन्तरगतको अफिस अन ड्रग्स एण्ड क्राइम (युएनओडिसी) का अनुसार हालैका वर्षहरुमा हेरोइन तथा कोकिन जस्ता परम्परागत लागु औषधको खपत स्थिर छ तर लिगल हाइ नामक ड्रग्सको खपत लगातार बढिरहेको छ । युएनओडिसीको रिपोर्ट अनुसार यो लागु औषधले इन्टरनेटको माध्यमबाट विश्वभरको बजारमा आफ्नो स्थानलाई मजबुत बनाइरहेको छ । के हो लिगल हाइ ड्रग्स ? यो लागु औषध न्यू साइकोएक्टिभ सब्सटान्स -एनपिएस) को नामले पनि चिनिन्छ भने विश्वका विभिन्न देशका बजारमा स्थानीय नामले पनि चिनिन्छ । यो ड्रग्स विश्वका धेरै देशमा इन्टरनेटको माध्यमबाट खुलमखुल्ला तरिकाले विक्रि भैरहेको र यसको फैलावट परम्परागत लागु औषधको तुलनामा निकै खतरनाक रहेको राष्ट्रसंघको भनाई छ । यो ड्रग्सको नियन्त्रणका लागि विश्वव्यापी कानून नभएकाले पनि यसको फैलावट खतरनाक तरिकाले भैरहेको बताइएको छ । दुइगुणा बढ्यो खपत यो ड्रग्स सुरुमा एसियाली मुलुकहरुमा प्रयोग हुने गरेकोमा अहिले विश्वव्यापी भैसकेको छ । अहिले यसको सबैभन्दा ठूलो बजार अमेरिका हो । युरोपेली देशहरुका युवामा पनि यो ड्रग्सको प्रयोग उच्च बनिरहेको र १५ देखि २४ वर्ष उमेर समूहका ७ लाख बेलायती युवा यसको लतमा फसेको बताइन्छ । बिबिसीको सहयोगमा -

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger