Widgets

Home » » परिषद्‍मा १० महिनादेखि रोकियो बढुवा फाइल

परिषद्‍मा १० महिनादेखि रोकियो बढुवा फाइल

Written By sangalo on Friday, June 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

hseb

काठमाडौ, असार १५ - उच्च माध्यमिक शिक्षा परिषद्का महत्वपूर्ण शाखाहरु निमित्तका भरमा चलेका छन् । परिषद्ले भने १० महिनादेखि बढुवा गर्नु पर्ने फाइल थन्क्याएर राखेको छ । फाइल अगाडि बनबढ्दा परिषद्का दर्जनौं कर्मचारी बढुवा हुन सकेको छैन । बढुवा नगर्नुको खास कारण नेतृत्वले दिन सकेको छैन । महिनौं बढुवा रोकेको विषयमा कर्मचारीले गोप्य रुपमा अख्तियार गुहार्ने तयारीमा छन् । बढुवा नगर्दा परिषद्को महत्वपूर्ण महाशाखाहरु परीक्षा नियन्त्रण र पाठ्यक्रम निमित्तका भरमा चलेको छ । उपाध्यक्ष र सदस्यसचिवले यसमा कुने चासो दिएका छैनन् । 'दश महिनादेखि बढुवाको फाइल शंकास्पद तरिकाले रोकिएको छ', परिषद्का एक जना अधिकारीले भने, 'सदस्यसचिव व्यक्तिगत स्वार्थमा लागे होलान् भनने त लाग्दैन । निमित्तका भरमा कार्यलय चल्दा पनि आफ्ना कर्मचारीको वृत्ति विकासमा किन वेवास्ता गरे बुझिनसक्नु छ ।' परिषद्मा अहिले ३ वटा महाशाखा प्रमुखको पद खाली छ । परिषद्का अधिकारीहरुले त्यो पदलाई सहसचिव भन्ने गरेका छन् । शिक्षा मन्त्रालयले भने परिषद्मा सहसचवि पदनै नभएको र गैरकानुनी रुपमा आफूलाई सहसचिव दावी गर्दै आएको बताएको छ । सबैभन्दा आकर्षक र महत्वपूर्ण नियन्त्रक पद वर्षौंदेखि निमित्तका भरमा चलेको छ । बढुवामा करिब ८ जनाको प्रतिस्पर्धा छ । कार्यसम्पादन मूल्यांकन, योग्यता र जेष्ठताका आधारमा बढुवा गरिनु पर्ने कर्मचारीको माग छ । 'त्यसो भएन भने हामी अख्तियार जनेछौं', कर्मचारी संगठनका एक जना अधिकारीले भने, 'हामीले ठानेका छौं त्यस्तो नहोस् । कानुनी हिसाबले काम होस् ।' उसचिव नहुदा परिषद्का ८ वटा क्षेत्रीय कायालयमध्ये ५ वटा शाखा अधिकृतले निमित्तका रुपमा चलाएका छन् । छ जना उपसचिवको पद खाली छ । ६ जना उपसचिव बढुवा हुनु पर्ने फाइल पनि रोकिएको छ । पदाधिकारीले छिट्टै हुने जवाफ दिने गरेका छन् । 'निर्वाचनको आचार संहिता लागू हुने बेला भइसक्दा पनि परिषद् नेतृत्व त्यसप्रति उदास देखिएको छ', एक कर्मचारीले भने, 'अहिले फाइल गुपचुप राखेर निर्वाचन आचार संहिताको बहानामा पर सार्न खोजेजस्तो देखिन्छ । केही दिनमा बढुवा प्रकृया अघि नबढे हामी पनि आफ्नै हिसाबले लाग्ने तयारीमा छौं ।' प्रत्येक चार वर्ष पूरा गरेका कर्मचारी बढुवाका लागि योग्य मानिन्छन् । समयमा बढुवा नहुदा कर्मचारीको वृत्ति विकास रोकिने र काम गर्ने उत्साह नहुने गुनासो उनीहरुले सदस्यसचिव र उपाध्यक्षसित पटक पटक गरेका छन् । सदस्य सचिवले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger