Widgets

Home » » बाढीले रोल्पामा आधादर्जन घर बगे, गाउँ जोखिममा

बाढीले रोल्पामा आधादर्जन घर बगे, गाउँ जोखिममा

Written By sangalo on Friday, June 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दाङ- रोल्पाको जुँगारमा स्थानीय खहरे खोलामा आएको बाढीले आधा दर्जन घर बगाएको छ। जुँगारको एउटा बस्ती नै बाढीको उच्च जोखीममा छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार स्थानीय 'मजुवा खोला'मा आएको बाढीले रोल्पाको जुँगार ८ काउलाकोटका पाँच घर गोठ बग्नुका साथै ३४ पशुचौपाया बगाएको छ। बिहीबार राति आएको बाढीले गाउँमा क्षति पुर्‍याएको हो। मानवीय क्षेति भने नभएको प्रहरीले जनाएको छ। बाढीले स्थानीय लोकमान खड्काको घर, लोकबहादुर वलिको घर र गोठ, छबिलाल पुनको घर र हरिबहादुर खड्काको घर बगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। प्रहरीका अनुसार हरिबहादुरको सात रोपनी जग्गासमेत बाढीले बगाएको छ। काउलाकोटमा रहेका अन्य २५ घर बाढीको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ। यसैगरी त्यहाँ रहेको सरस्वती माविको शौचालयसमेत बगेको छ भने एउटा पानी घट्टसमेत बगेको छ। 'पाँच वटा घरगोठसँगै थुप्रै पशुचौपाया बगेका छन्,' जिल्ला प्रहरी कार्यालय रोल्पाका सइ देव खड्काले नागरिकन्युजसँग भने, 'त्यहाँकै अरु २५ घरहरु बाढीको जोखिममा छन् भने केही रोपनी जग्गा र स्कुलको शौचालय पनि बगेको छ।' बाढीमा २५ बाख्रा, ३ वटा गाई, २ वटा भैंसी, २ वटा भेडा, २ वटा गोरु र १५ कुखुरा बगेका छन्। बाढीबाट ३० लाख बढीको क्षेति भएको प्रहरीले जनाएको छ। खोलामा आएको बाढीले कटान गर्ने क्रम नरोकिएका कारण गाउँका सबै घरहरु अत्यन्त जोखिममा रहेको सइ खड्काले बताए। बाढीले घर बगाउने जोखिम बढेपछि स्थानीयवासीन्दा विस्थापित भएका छन्। उनीहरुलाई अहिले सुरक्षित स्थानमा राखिएको छ। 'घर बगेका र बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा राखिएको छ,' सइ खड्काले भने, 'प्रहरीले त्यहाँ उद्धार कार्य जारी राखेको छ।' उनका अनुसार विस्थापित गाउँलेलाई आफन्तको घरमा राखिएको छ। राति बाढी पसेको थाहा पाएलगत्तै स्थानीयवासीमा भागाभाग चलेको थियो। प्रहरीका अनुसार उक्त बस्ती खोलाको किनारमै रहेका कारण बाढीले कटान गरेको हो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger