Widgets

Home » » टेलिभिजन कलाकर्मी मञ्चमा दीपा निर्विरोध

टेलिभिजन कलाकर्मी मञ्चमा दीपा निर्विरोध

Written By sangalo on Saturday, June 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


टेलिभिजन कलाकर्मी मञ्च नेपालको शनिवार राजधानीमा सम्पन्न चौथो वार्षिक साधारणसभा तथा दोस्रो महाधिवेशनले चर्चित हाँस्य टेलिश्रृङ्खला तितो सत्यकी कलाकार दीपाश्री निरौला नेतृत्वको नयाँ कार्यसमितिलाई निर्विरोध निर्वाचित गरेको छ । निर्विरोध निर्वाचित कार्यसमितिको उपाध्यक्षमा श्रीप्रसाद थापा, विनोद श्रेष्ठ र टेकबहादुर सिंह, महासचिवमा बाबुराजा केसी, सचिवमा बालकृष्ण निरौला, कोषाध्यक्षमा तीर्थराज शर्मा र सह–कोषाध्यक्षमा सुमनसागरजंग केसी रहेका छन् । त्यस्तै समितिको सदस्यमा दिपक त्रिपाठी, पल्पसा डंगोल, सगुन श्रेष्ठ, दिपक आचार्य र बसन्त रुपाखेती निर्वाचित भएका हुन् । निर्वाचित भएपछि अध्यक्ष दीपाले आफुले सम्पूर्ण टेलिभिजनकर्मी कलाकारलाई एकजुट बनाएर अघि बढाउँदै उनीहरूको क्षमता अभिवृद्धिसँगै संस्थालाई मजबुत बनाउने काममा सक्रिय हुने बताईन् । समितिको कार्यकाल तीन वर्षको हुनेछ । सरकारी तथा निजी स्वामित्वमा सञ्चालनमा रहेका टेलिभिजनसँग सम्बन्धित टेलिभिजनकर्मीको छाता सङ्गठनका रूपमा सक्रिय संस्थाको महाधिवेशनमा २ सय ४८ जना प्रतिनिधि सहभागी थिए । वरिष्ठ कलाकार भीमबहादुर थापाले महाधिवेशनको उद्घाटन गर्दै विभिन्न सूचना तथा मनोरञ्जनका कार्यक्रमलाई उत्पादन गरी समाजलाई चेतनशील बनाउन मञ्चले सञ्चालन गरेका विभिन्न गतिविधि सराहनीय रहेको बताए ।उनले मुलुकमा अहिले सामाजिक सद्भाव र राष्ट्रिय एकता कमजोर रहेको अवस्थामा कलाकर्मीले त्यसलाई कायम गर्न दायित्व बोध गर्नुपर्ने बेला आएको उल्लेख गरे । चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले टेलिभिजन कलाकर्मीले सूचना, समाचार तथा मनोरञ्जनका कार्यक्रम मात्र नभएर विविध भाषा, साहित्य, कलासम्बन्धी कार्यक्रमलाई पनि प्राथमिकतामा राखेर आमजनताको विचार तथा भावनालाई सम्बोधन गर्न प्रयत्नशील रहनुपर्नेमा जोड दिए । नेपाली चलचित्र लेखक सङ्घका अध्यक्ष योगेश रायमाझी, वरिष्ठ कलाकार केवी पाठक, लय सङ्ग्रौलालगायतले टेलिभिजन कलाकर्मीलाई अझै बढी व्यावसायिक र मर्यादित बनाउन आवश्यक रहेको उल्लेख गर्दै पेशाकर्मीलाई समयानुकूल सक्षम, सवल एवम् आदर्शवान बनाउन सकिने बताए । कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष कृष्णप्रसाद ढुङ्गानाले टेलिभिजन कलाकर्मीका हक, हित, अधिकारलाई संरक्षण गरी समाजलाई परिवर्तनको अनुभूति गराउन संस्था क्रियाशील रहेको जानकारी दिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger