Widgets

Home » » कोरियामा सबै भन्दा बढी समस्या नेपालीहरुका

कोरियामा सबै भन्दा बढी समस्या नेपालीहरुका

Written By sangalo on Saturday, June 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


मीनप्रकाश उप्रेती, सउल - रोजगार अनुमति प्रणलीद्वारा कोरिया आएका विदेशी मध्ये सबै भन्दा बढी नेपालीहरुका समस्या आउने गरेका तथ्य सार्वजनिक भएको छ । कोरिया स्थित प्रवासी मजदुर सहयोग केन्द्रद्वारा सार्वजनिक गरिएको पछिल्लो प्रतिबेदनमा उक्त कुरा जनाईएको हो । जस अनुसार रोजगारका लागि कोरिया आएका १४ देशका नागरिक मध्ये नेपालीका मात्र ६३ प्रतिशत समस्या र गुनासहरु आउने गरेको उल्लेख गरिएको छ । बाँकी ३७ प्रतिशत अन्य १३ देशका नागरिकहरुको समस्या आउने गरेको पाइएको छ । प्रवासी मजदुर सहयोग केन्द्रमा आउने गरेका नेपालीका अधिकाशं समस्या कमंपनि परिवर्तन समन्धि रहेका छन् । तलब समयमा नदिएको, काम गर्दा कोरियनको पिटाई खानु परेको, कोरियाली श्रमकानुनले तोके अनुसारको सेवा र सुविधा नपाएको र एउटै कोठामा अन्य देशको नागरिकसँगै राखेको लगायतकाकारण कम्पनी परिवर्तन गर्न उजुरि गर्ने गरेका हुन । कोरियामा विदेशी मजदुरका समस्या सुन्ने र समन्धित ठाउमा कुरा उठाई दिने आठवटा प्रवासी मजदुर सहयोग केन्द्र रहेका छन् । यी सहयोग केन्द्रले संयुक्त रूपमा यस्तो प्रतिवेदन सार्वजनिक गरेका हुन । यी सहयोग केन्द्र मध्ये कोरियाको छनान र सुवनमा मात्र नेपाली कर्मचारी रहेका छन् भने अन्य क्षेत्रमा नेपाली कर्मचारि छैनन्। छनानमा विगत चार वर्षदेखि गिता राईले कार्य गर्दै आउनु भएको छ भने सुवनमा भने हालैमात्र प्रबिण राईलाई नियुक्त गरिएको छ । छनान प्रवासी मजदुर सहयोग केन्द्रकी नेपाली कर्मचारी गिता राईले कोरियामा नेपालीहरुका समस्या अरू देशको तुलनामा धेरै आउने गरेको बताउनु भएको छ । धेरै समस्याहरू वास्तविक रूपमा आए पनि कतिपयलेसाथि भाइको भनाइमा समस्या राख्न आउने गरेको राईको भनाई थियो । उता कोरिया सरकारले भने नेपाली प्रति देखाउदै आएको सदासहयतामा कमी नगरी नगरी पुर्ववत कोटालाई निरन्तरता दिदै आएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger