Widgets

Home » » पूर्ण निद्राले भगाउँछ मधुमेह

पूर्ण निद्राले भगाउँछ मधुमेह

Written By sangalo on Saturday, June 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

health

हरेक रात मस्त सुत्ने गर्नाले मधुमेहको जोखिम कम हुने रहेछ । एउटा अध्ययनमा यस्तै ठोकुवा गरिएको छ । त्यसअनुसार, पूर्ण निद्रा लिने व्यक्तिलाई टाइप-२ मधुमेह हुने सम्भावना घट्छ । लस एन्जलस बायोमेडिकल रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा उल्लेख छ— सप्ताहान्तका तीन रातको मात्रै राम्रो निद्राले पनि धेरै हदसम्म इन्सुलिनको सक्रियता बढाउँछ । इन्सुलिन नबन्दा र शरीरमा यसको प्रतिक्रिया नहुँदा नै मधुमेहले आक्रमण गर्ने गर्छ । उक्त अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा. पिटर लिउ भन्छन्, 'हरेक व्यक्तिलाई पर्याप्त निद्रा अत्यावश्यक हुन्छ भन्ने हामी सबैलाई थाहा छ । तर हामी कामको चापले गर्दा मस्त सुत्नलाई पनि समय निकाल्न सक्दैनौं ।' निद्राको अवधि बढाइदिनाले शरीरमा इन्सुलिन उपयोगको क्षमता बढ्छ । यसले पाका व्यक्तिहरूमा टाइप-२ मधुमेह हुने जोखिम कम हुन्छ । इन्सुलिनले हाम्रो शरीरको रगतमा चिनीको स्तरलाई नियमित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । टाइप-२ मधुमेह भएका व्यक्तिहरूको शरीरले आफैंभित्रबाट निस्किने इन्सुलिनको प्रभावकारी उपयोग गर्न सक्दैन । यो रोग लाग्दा शरीरले इन्सुलिनप्रति प्रतिक्रिया गर्दैन । डा. लिउका अनुसार, कामको बोझले राम्ररी सुत्न नसक्ने प्रौढ व्यक्तिहरूले सुत्ने समय बढाए उनीहरूलाई मधुमेह लाग्ने खतरा कम हुन सक्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger