भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाली राजनीति क्षेत्र नै अस्तव्यस्त भइरहेको समयमा नेपाली कलाकारहरुको त्यसतर्फको आकर्षण भने बढ्दो क्रममा रहेको छ । केही समय अघि नायिका रेखा थापाले एमाओवादीमा प्रवेश गरेर राजनीति मार्फत जनताको घर दैलोमा पुगेर सेवा गर्ने बताएकी थिइन् । यही क्रममा अब गायिका ताथ नायिका कोमल वली पनि पर्ने भएकी छिन् । कोमलले मधेशी नेता राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीमा प्रवेश गर्ने भएकी हुन् । यसको बारेमा उक्त पार्टीको नेताहरुसँग छलफल भइरहेको उनले बताएकी छिन् । केही समय अगाडि पार्टी खोल्ने बताएकी कोमलले गृहजिल्ला दाङबाटै प्रत्यक्ष चुनाव लड्ने सोच रहेको खुलासा गरेकी छिन् । यतिखेर उनी सद्भावना पार्टीको विधान, घोषणा पत्र, दस्तावेज अध्ययन गरिरहेको बताउँछिन् । कोमल वलीले हालै 'राजनीति' नामक फिल्मको पनि छायांकन सकेकी छिन् । यस फिल्ममा उनले नेतृको भूमिका निर्वाह गरेकी छिन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.