Widgets

Home » » जर्मनीमा नेपाली युवतीको शंकास्पद मृत्यु

जर्मनीमा नेपाली युवतीको शंकास्पद मृत्यु

Written By sangalo on Friday, June 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाण्डौं । जर्मनीको ब्रन्सचोइस्थित एक घरमा काम गर्न गएकी नेपाली युवती मृत अवस्थामा फेला परेकी छन् । काठमाण्डौं जोरपाटी दक्षिणढोकाकी २० बर्षकी कञ्चन गुरुङ काम गर्ने घरको स्विमिङ पुलमा मृत भेटिएकी हुन् । घर मालिकले पनि उनको पोखरीमा डुबेर मृत्यु भएको बयान दिएका छन् । तीन महिनाअघि घरेलु कामदारका रुपमा कञ्चन जर्मनी पुगेकी थिइ । घर मालिकले कञ्चनका बारेमा घरमा जानकारी नगराएका कारण उनको मृत्यु शंकास्पद रहेको परिवारजनको भनाई छ । कञ्चनको मृत्यु बारे उनकी दिदी पर्ने पवित्रा गुरुङले मंगलबारमात्र परिवारमा खबर गरेकी थिइन । पवित्राले पनि घरमालिकबाट नभई ‘ह्यापी फेमिली’ समूहबाट उनको मृत्युको खबर पाएकी थिइन् । कञ्चनको हत्या आशंकामा घरमालिक कृस्टिना डेट्जीलाई कारबाहीको दायरामा ल्याउन माग राखेर मृतकका परिवारले बुधबार परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा निवेदन दिएका छन् । विभागका प्रमुख यादब खनालले जर्मनीस्थित नेपाली दूतावाससँग सम्पर्क गरेर घटनाको छानविन गरी जानकारी गराउने बताएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger