भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बेलायतमा विश्वको सबैभन्दा तिब्र गतिको विद्युतिय कार निर्माण गरिएको छ । ड्रेसन रेसिङ टेक्नोलोजी कम्पनीले ३२८ किलोमिटर प्रतिघण्टा भन्दा पनि बढि गतिमा गुड्ने इलेक्टि्रक कार निर्माण गरेको हो ।
हालै योर्कशायरको आरएएफ एलविंग्टन रेसट्रयाकमा यो कारले प्रतिघण्टा ३२८.६ किलोमिटर दूरी पार गर्दै सबैभन्दा उच्च गति भएको इलेक्टि्रक कारको किर्तिमान बनाएको छ । स्मरण रहोस् ब्याट्री बक्स जनरल इलेक्टि्रक कारले यसअघि सन् १९७४ मा प्रतिघण्टा २८१.६ किलोमिटरको दूरी पार गर्दै विश्वको सबैभन्दा तिब्र गतिको कारको रुपमा नाम लेखाएको थियो ।
लोला बी १२ ६९ इवी नामको उक्त कारलाई कम्पनीका मुख्य कार्यकारी अधिकृत लर्ड ड्रेसनले तिब्र गतिमा कुँदाएका थिए । उनले पछिल्लो उपलब्धी स्वच्छ परिवहनको क्षमता प्रदर्शनका लागि उल्लेखनीय रहेको दाबी गरेका छन् । उनले यस कारमा
प्रयोग गरिएको प्रविधि रेसिङ कारमा मात्र नभएर सामान्य प्रयोगका कारमा पनि प्रयोग गर्न सकिने बताए । उक्त कारको किर्तिमानी गुडाइ हेर्नका लागि गुगलका अध्यक्ष एरिक स्कमिडिट पनि उपस्थित थिए । यद्यपि अन्तिम क्षणसम्म भने उनी बसेनन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.