भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नायक सविन श्रेष्ठको सोच र सोख केही फरक छ । विगत ७ बर्षदेखि निरन्तर आफ्नो शरिरलाई आकर्षक बनाउन लागिपरेका सविन दैनिक डेढ घन्टा जीम जान्छन् । बिचमा २ बर्ष गायब भएपनि सविन अहिले आफ्नो सोखलाई पुरा गर्न लागिपरेका छन् । ‘बरु गोजीमा पैसा नहुँदा अरु काम गर्दिन तर जीमका लागि सधै छुट्टयाउछु’, सविनले अनलाइनखबरसँग भने ।‘मानिसको आ आफ्नो रुचि हुन्छ, कोही क्रिकेटर बन्न चाहन्छन्, कोही फुटबलर, यस्तै सोख हो मेरो ज्यान बनाउने’, अनलाइनखबरसँग सविनले भने । उनी भ्यान्डम, सलमान खान जस्ता स्टारहरुको शरिरबाट प्रभावित छन् । सविन दैनिक जीममा कडा मिहिनेत पनि गर्छन् । शरिर बनाएर बलिउड प्रवेश गर्ने सोख त हैन भन्ने प्रश्नमा सविनले भने, ‘त्यस्तो सोचाई केही आएको छैन ।’ तर सलमान खान, ऋतिक रोशन, जोन अब्राहिमको जस्तो शरिर भन्ने नेपाली दर्शकले नेपालकै हिरो सविन श्रेष्ठको जस्तो भनुन भन्ने चाहना छ, श्रेष्ठले भने ।
आफै सिनेमा निर्माण गर्दै
नायक सविन श्रेष्ठ आफै सिनेमा बनाउने तयारीमा छन् । उनले भने, ‘चलचित्रको बारेमा सबै कुरा केही दिनमै जानकारी गराउँछु ।’ सविन केही साथीसँग मिलेर सिनेमा बनाउने तयारीमा लागेका हुन् । उनले चलचित्रमा आफू हिरो नभई क्यारेक्टरको रुपमा अभिनय गर्ने बताए ।
गलफ्रेन्ड बनाउँदिन, किस गर्दिन
हालै मात्र आफ्नो लामो प्रेमसम्बन्धलाई विछोडमा टुङग्याएका नायक श्रेष्ठले अब प्रेम नगर्ने बताए । उनले भने, ‘अब काममा मात्र लाग्छु, प्रेम र केटी भन्ने शब्द बाट टाढै रहन्छु ।’ सविनले चलचित्रमा चुम्बन र भद्दा दृश्य नदिने पनि खुलाए । उनले भने, ‘चुम्बन र भद्दा दृश्य भएका सिनेमाको अफर आएको छ, तर म दर्शकले पचाउँने सिनेमा गर्न चाहन्छु ।’ अन्दाज चलचित्रबाट सिने नगरीमा डेब्यू गरेका नायक श्रेष्ठले अभिनय गरेको ‘आँधी बाटो’ प्रदर्शनको तयारीमा छ ।

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.