भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
शुक्रबार नेपाली चलचित्र प्रदर्शनमा आउने प्रथालाई पछ्याउँदै आजबाट २ सिनेमा प्रदर्शनमा आएका छन् । शंकर आचार्यको निर्देशनमा राज आचार्यको प्रस्तुती रहेको चलचित्र ‘लभ फरेबर’ले देशभरका हल पाएको हो ।
सेक्स र प्रेमको कथालाई रोमाञ्चक तबरले प्रस्तुत गरिएको यो चलचित्रमा सुमिना घिमिरे, निरज बराल र गजित बिष्टको मुख्य भूमिका छ । चलचित्रमा नायिका घिमिरे ‘आइ लभ सेक्स’ भन्दै दर्शकमाँझ आएकी छिन् ।
यस्तै शुक्रबारबाट नै स्वर्गीय निर्देशक दिपक रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘लभ स्टोरी २०६६’ पनि प्रदर्शनमा आएको छ । चलचित्रमा निखिल उप्रेती, अर्जुन कार्की, संचिता गुरुङको मुख्य भूमिका छ । चलचित्रमा नायिका पुजा लामाले एक गीतमा आइटम नृत्य पनि गरेकी छिन् । नायक निखिल उप्रेतीले पुन नेपाली सिनेमा नखेलेको खण्डमा यो चलचित्र नै अन्तिम हुने देखिएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.