भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले म्यानमारको राष्ट्रपति पदको निर्वाचनमा उठ्ने बताएकी छन् । सन् २०१५ मा म्यानमारमा हुने राष्ट्रपतिको निर्वाचनमा सुकीले उमेदवारी दिने एएफपी समाचार संस्थाले जनाएको छ । एएफपी समाचार संस्थाले जनाए अनुसार आगामी निर्वाचनमा नेत्री सुकीले राष्ट्रपति पदमा उमेदवारी दिने र देशलाई नेतृत्व प्रदान गर्ने योजना बनाएको जनाएको छ । म राष्ट्रपति पदका लागि उम्मेदवार बन्नेछु र मलाई लाग्छ यस विषयमा म आफु खुला रुपमा प्रस्तुत हुन चाहन्छु सुकीले भनेकी छन् । म्यानमारको राजधानीमा जारी वल्र्ड इकोनोमिक फोरमका प्रतिनिधिहरुसँग उनले यस्तो कुरा सार्वजनिक गरेको एएफपी समाचार संस्थाले उल्लेख गरेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.