Widgets

Home » » पीडितको काँधमा चढ्ने टीभी पत्रकार बर्खास्त

पीडितको काँधमा चढ्ने टीभी पत्रकार बर्खास्त

Written By admin on Thursday, June 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
1१३ असार, काठमाण्डौ ।  भारतको उत्तराखण्डमा आएको विनाशकारी बाढी र त्यसले पारेको प्रभावको खबर प्रसारण गर्न एक पीडित व्यक्तिको काँधमा चढ्ने पत्रकार बर्खास्त भएका छन् । यो भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि पत्रकारको कडा आलोचना भएको थियो । बाढी पीडितको बाँधमा चढेर रिपोर्टिङ गर्ने पत्रकार न्यूज एक्सप्रेस नामको टीभीका नारायण परगाईं हुन् । मंगलबार उनलाई बर्खास्त गर्दै च्यानलले पत्रकारको व्यवहारलाई ‘अमानवीय’ भनेको छ । साथै यो फुटेज टीभीबाट प्रशारण नगरिएको भन्दै भिडियो कसले अपलोड गर्‍यो भन्ने जानकारी नभएको बताएको छ ।
अहिलेसम्म हजारौंले हेरिसकेको यो भिडियोमा पत्रकार पानीमा उभिएको एक व्यक्तिको काँधमा चढेर क्यामराको अगाडी बोलिरहेको देखिन्छ ।बर्खास्तीमा परेका पत्रकार परगाईले भने आफूले बाढी पीडितहरुलाई सहयोग गरेको दावी गरेका छन् । आफूले केही पैसा र खाद्य सामाग्री दिएका ती व्यक्तिलाई सहयोग गरेको र आफू जस्तो व्यक्ति पहिलोपटक आफ्नो घरमा आएका ती व्यक्तिले सम्मान व्यक्त गर्न यस्तो गरेको उनको दावी थियो । एक अनलाइनसँगको कुराकानीमा आफ्नो कदम गलत भएको स्वीकार गरेका परगाईंले दोष भने क्यामेरा पर्सनलाई दिएका छन् ।
उनले भनेका छन्-’यो खबर मेरो छातिभन्दा माथिको भाग मात्र देखाएर प्रशारण गर्नुपथ्र्यो । यो पूर्ण रुपमा क्यामरा पर्सनको गल्ती हो । किनकी उनले भिडियोमा ती व्यक्तिलाई पनि देखाएका छन्, जसको काँधमा म चढेको थिएँ ।’भारतको उत्तराखण्डमा आएको बाढीका कारण झण्डै १ हजारको ज्यान गएको छ भने हजारौं मानिस प्रभावित भएका छन् । अहिले पनि बाढी प्रभावितहरुको उद्दार कार्य जारी रहेको छ । -एजेन्सीको सहयोगमा

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger