Widgets

Home » » स्थानीयले समातेर बुझाएको हरिण वन कर्मचारीले काटेर खाए

स्थानीयले समातेर बुझाएको हरिण वन कर्मचारीले काटेर खाए

Written By sangalo on Monday, May 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

स्थानीयले समातेर बुझाएको हरिण। तस्बिर : मदन ठाकुर

रौतहट- गत शनिबार एकाबिहानै नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीप शमशेर जबराको बसबिट्टी जिंगरियाको निवासनजिकै देखा परेको ठूलो हरिणलाई स्थानीयले समातेर जिल्ला वन कार्यालयलाई बुझाए पनि वनका कर्मचारीले मारेर खाएको बुझिएको छ। बिहान बुझाएको हरिणको मासु बेलुकी केही स्थानीयको घरमा आएपछि हरिण मारिएको रहस्य खुलेको स्थानीय रामलाल यादवले बताए। गाउँमा हरिण आएको खबर एकाबिहानै फैलिनासाथ स्थानीयले लखेटेर समात्‍न खोज्दा भाग्ने क्रममा वार्डा-३ का शेख मजहरको घरमा पसेपछि हरिणको खुट्टा र टाउको साइकलमा फसेको थियो। स्थानीयले समातेर पूर्वआइजीपी जबराको निवासमा लगेर जबराकै सल्लाहअनुसार जिल्ला वन कार्यालय रौतहटलाई खबर गरिएको थियो। खबर पाएलगत्तै आएको जिल्ला वनको टोलीलाई स्थानीयले कागज वनाई हरिण हस्तान्तरण गरेका थिए। पूर्वआइजीपी जबराकै रोहवरमा वनका जमदार शेख वबैदुल्लाहलाई हस्तारण गरिए पनि साँझ जिंगडियाकै केही घरमा हरिणको मासु आएपछि आफूहरुले बुझाएको हरिण मारिएको खुलासा भएको स्थानीयको भनाइ छ। जिल्ला वन कार्यालयले भने हरिण ल्याउँदाल्याउँदै बाटोमै मरेको जनाएको छ। जिल्ला वन कार्यालय रौतहटका प्रमुख नन्दलाल यादवले मरेको हरिणको दाहसंस्कार गरिएको र खुर, छाला तथा सिङलाई प्रमाणको रुपमा राखिएको यादवलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले बताए। सोही गाविसका नेपाल प्रहरीका पूर्व आइजीपी प्रदीप शमशेर जबराले स्वस्थ राम्रो अवस्थामा वनलाई मेरो रोहवरमा कागज गराएर बुझाइएको त्यो हरिण कसरी मर्‍यो आफू आश्चर्य चकित भएको बताए। जिंगडियाबासीले समातेर बनलाई बुझाएको हरिण आफूले मरेको अवस्थामा देखेको र घाँटीमा डोरीको दागजस्तो देखिएकाले वनको मुचुल्कामा सहीछाप नगरेको साथै प्रहरीको रोहवरमा हरीनको दाह संसकार नगरेको समेत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी ध्रुवराज राउतले बताए। आफूहरुले दुःख गरेर समातेको वन्यजन्तु बनलाई बुझाउँदा आरक्षमा बुझाउनुको साटो मारेर खाने वनका कर्मचारीको विषयमा छानबिन गरी कारबाही हुनुपर्ने स्थानीयले माग गरेका छन्। यसैबीच जिल्ला वन कर्यालय रौतहटका प्रमुख नन्दलाल यादवले जंगली हरिण गाउँलेको लखेटाइबाट दौडदादौडदै थाकिसकेपछि जिगडियामा पक्राउ परेका हरिणलाई स्थानीयले पूर्व आइजीपीको रोहवरमा बुझएको हरिण थाकेर बेहोस भएकाले जंगलमा छोड्न नमिलेको बताउँदै कार्यालयमा आफैं मरेको र वन एनअनुसार दाह संस्कार गरेको दाबी गरेका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger