भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अभिनेत्री निता ढुंगानालाई कस्तो पुरुष मनपर्छ, कस्तो मन पर्दैन ? मन पर्छ बोल्ने शैली : महिलाहरूलाई सम्मानजनक व्यवहार गर्दै मीठो बोल्ने पुरुष। हँसिलो मुहार : पहिले अनुहारको भाव हेर्छु, हँसिलो मुहारले त्यसै पनि आकषिर्त गर्छ। केयरिङ : आफ्ना महिला मित्रको विशेष हेरचाह गर्ने स्वभावका युवक असल लाग्छन्। मीठो मुस्कान : मीठो मुस्कान छर्ने पुरुषले ५० प्रतिशतभन्दा बढी आकषिर्त गर्छन्। मन पर्दैन नमिल्दो पहिरन : व्यक्तित्वसँग नमिल्दो पहिरन लगाएकाहरूतर्फ आँखै पर्दैन। धेरै दुब्लो : छाला र हड्डी मात्र भएका अति दुब्ला केटा खासै आकर्षक हुँदैनन्। मसिनो स्वर : पुरुष स्वर दमदार हुनुपर्छ, मसिनो स्वर भएका पुरुषसँग बोल्नै अप्ठेरो लाग्छ। अनुहारमा गहना : पियर्सिङ गरेर आँखी भौं, ओठ आदि छेडेका केटाहरू राम्रा लाग्दैनन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.