Widgets

Home » » बिरामीको अश्लील भिडियो खिचेर बिहे गर्न डाक्टरको दबाब !

बिरामीको अश्लील भिडियो खिचेर बिहे गर्न डाक्टरको दबाब !

Written By sangalo on Saturday, May 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ जेठ, काठमाण्डौं । बिरामीको अश्लील भिडियो खिचेर एक चिकित्सकले महिलालाई ब्याकमेल गरेको आरोप लागेको छ ।
doctorनर्भिक अस्पतालका हाडरोगसम्बन्धी डाक्टर राज राणाले दुई महिलाको भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोपमा प्रहरी र राष्ट्रिय महिला आयोगले अनुसन्धान सुरु गरेका छन् ।
दुबै महिलाले औषधि खान दिएर बेहोस बनाई राणाले गोप्य भिडियो खिचेको आरोप लगाएका छन् । सोही भिडियो सार्वजनिक गरिदिने धम्की दिएर राणाले यौनसम्पर्क तथा बिहेको दबाब दिएको पीडितले प्रहरी र राष्ट्रिय महिला आयोगमा उजुरी दिएका हुन् ।
राणा विरुद्ध उजुरी दिनेमध्ये एक विवाहित र अर्की महिला अविवाहित भएको महिला आयोग स्रोतले बतायो । विवाहित महिलाको घटना प्रहरीले मिलापत्र गराएको छ । राष्ट्रिय महिला आयोगले भने दुवै उजुरीमाथि छानविन गरिरहेको नयाँ पत्रिकामा खबर छ । ‘घटनाबारे अनुसन्धान गरी प्रतिवेदन बुझाउन हामीले अस्पताललाई निर्देशन दिएका छौं,’ महिला आयोगकी सदस्य मोहना अन्सारीले भनिन् । आयोगका अधिकारीहरुले एकै व्यक्ति विरुद्ध दुई किसिमका उस्तै उजुरी आएकाले डा. राणाकै समस्या भएको बताउँछन् ।
उपचारका लागि पुगेकी अविवाहित महिलाको भिडियो डा. राणाले अस्पतालको अप्रेसन थियटरमै बेहोस बनाएर खिचेको उजुरी महिला आयोगमा छ । अर्को उजुरी भने प्रहरीमा समेत पुगेको थियो । आफ्नो आफन्त पर्ने विवाहित मिहलालाई उनकै घरमा गएर बेहोस बनाई राणाले भिडियो खिचेको उजुरी महानगरीय प्रहरी अपराध महाशाखामा परेको थियो । तर, सो घटनामा अनुसन्धान नै नगरी प्रहरीले मिलापत्र गराएको उजुरी दिने महिलाको आरोपछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger