भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मुम्बईको कल सेन्टरमा काम गर्ने २५ वर्षीया महिलाले आफ्नो ‘श्रीमान’सँग स्काइपमा लाइभ च्याटका क्रमाम आत्महत्या गरेका छन् । उनका ‘श्रीमान’भने घरमा बसेर ‘श्रीमती’को मृत्यु हेर्न विवस भएका छन् । घटना बुधबार जुहूको एक श्रमिक वर्गको कोलोनीमा भएको हो । जतिबेला शोभना मनहर सुरती घरमा एक्लै थिइन् । शोभना र स्वप्निल सुर्वेबीचमा ८ वर्षदेखि सम्वन्ध थियो । केटाको आमाबाबु विवाहका लागि तयार नभएपछि गत वर्ष कोर्टमा विवाह भएको थियो । स्वप्निलले पटक पटक घर लैजाने आश्वासन दिएपछि हालै मात्र आफ्नो परिवारले अर्कै केटीसँग विवाह गरिदिन लागेको बताएका थिए, जसका कारण शोभना निकै तनावमा थिइन् । शोभनाका परिवारले भने केटापक्षले दाहिजो मागेको तर, आफूहरुले दिन नसक्ने बताएपछि विवाह गर्न अस्वीकार गरेको आरोप लगाएका छन ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.