Widgets

Home » » हेलमेट अड्किएपछि प्रहरी महानिरीक्षक कुवेरसिंह राना

हेलमेट अड्किएपछि प्रहरी महानिरीक्षक कुवेरसिंह राना

Written By sangalo on Saturday, May 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

photo

बुधबार बिहान ११ बजे एनसेलले प्रहरीलाई मोटरसाइकल र कम्प्युटर वितरण गर्दै थियो । कार्यक्रमको प्रमुख अतिथि प्रहरी महानिरीक्षक कुवेरसिंह राना थिए । कार्यक्रम प्रस्तोताले राना र काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी नवराज ढकाललाई मञ्चभन्दा मुन्तिर राखेको बाइक स्टार्ट गर्न आग्रह गरे । बाइक चढ्नुअघि सुरक्षाको उपाय अपनाउनुपर्ने भन्दै हेलमेट लगाएर स्टार्ट गरे । टेलिभिजन दृश्यका लागि साइरन पनि बजाए । स्टार्ट गरे मात्र पुग्थ्यो तर आईजी रानाले गुडाउने इच्छा देखाए । उनले कार्यक्रम भएको सोल्टी होटलको मूलगेटबाट बाइक निकाल्न सकेनन् । त्यसपछि पछाडिपट्टकिो ढोकाबाट बाइक बाहिर निकाले । रानाको बायाँतर्फ प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ र दायाँतर्फ प्रहरी नायब उपरीक्षक पवन गिरी बाइकमा थिए । ढोकाबाट ओर्लेर करिब २० मिटरजति चलाएपछि बाइक रोकेर स्टार्ट बन्द गरे । अनि हेलमेट खोल्ने प्रयास गरे । पटक-पटक खोल्न खोजे पनि सकेनन् । अनि सुरु भयो हेलमेट खोल्ने सिलसिला । पहिले प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले प्रयास गरे । उनले पनि नसकेपछि जगतमान आए । यति गर्दा पनि नभएपछि अर्का एक डीएसपी आए । एकपछि अर्को प्रहरी अधिकारी थपिए पनि हेलमेटको लक धेरै बेर खुलेन । २०५२ सालमा डीएसपी हुँदा मोटरसाइकल चढे पनि त्यसपछि एकैचोटि बुधबार पहिलोपटक चढेको रानाले बताए । 'हेलमेटको लक खोल्ने अर्कै तरिका रहेछ । मलाई आएन । धेरैपछि बाइक चढेर होला कतै घुँडा ठोक्किने हो कि भन्ने डर पनि लाग्यो ।' जेहोस् धेरै बेरको प्रयासपछि लक खुल्यो र आईजी खुला भए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger