भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
५ जेठ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका-११ स्थित भुजेलामा शनिबार बाबु छोरा झुन्डिएर मरेको अवस्थामा फेला परेका छन् ।
लामो समयदेखि प्यारालाइसिस रोगबाट पीडित बाबु छोराले गरिबीका कारण रोगको उपचार गर्न नसक्दा झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । ४८ वर्षका बाबु राजेश टमटा र १९ वर्षका छोरा अजु टमाटाले घरभित्र एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक विर्खबहादुर रावलले बताउनुभयो ।
ती दुवै बाबु छोरा एक घरमा बस्ने गरेका र अर्को घरमा राजेशका जेठा छोरा र बुहारी बस्ने गरेका थिए । घटनाको विस्तृत जानकारीका लागि प्रहरीले मृतकका जेठा छोरा र बुहारीसँग सोधपुछ गरिरहेको छ ।
उपचार गर्न नसक्ने भएपछि दुवैजनाले एकसाथ झुन्डिएर आत्महत्या गरेका वा पहिला छोराको हत्या गरी आत्महत्या गरेको भन्ने आशङ्का देखिएको छ प्रहरी नायब उपरीक्षक रावलले बताउनुभयो ।
छोराको उपचारका लागि राजेशले आफन्त, छिमेकी र नातागोताबाट ऋण लिएका थिए । उनलाई ऋणको चिन्ताले सताउने गरेको स्थानीय बासिन्दा बताउँछन् । रासस
- See more at: http://www.onlinekhabar.com/2013/05/72373/#sthash.LJlGtdH2.dpuf
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.