Widgets

Home » » चेन बिजनेसमा रेस्टुराँ

चेन बिजनेसमा रेस्टुराँ

Written By sangalo on Saturday, May 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर दाजुभाइ लक्ष्मण र ध्रुब न्यौपानेले सानो झुपडीमा खाजा घर सञ्चालनमा ल्याएका थिए। आफैं पकाउने, सर्भ गर्ने तथा भाँडा मोल्नेसम्मका कार्य गर्न नहिचकिचाएका कारण नै अहिले उनीहरू पश्चिम नेपाल र काठमाडौंसम्म आफ्नो सञ्जाल फैलाउन सफल भएका छन्। कर्मचारीलाई पनि सेयर वितरण गरेको यो समूहले 'हस्पिटालिटी प|mम द हार्ट' अर्थात् 'आतिथ्यता हृदयदेखि नै' लाई आत्मसात् गरेकैले फराकिलो स्वरूपमा विकास भएको ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपाने बताउँछन्। 'झुपडीबाट सुरु गरेर टीकापुरकै सबैभन्दा ठूलो होटल स्थापित गर्न सफल भयौं,' लक्ष्मणले सम्भिmए- 'अहिले यो होटल टु स्टार फ्यासिलिटिजका साथमा सञ्चालनमा छ, लाइसेन्स लिने प्रक्रियामा छौं।' लक्ष्मणका अनुसार त्यसपछि सिद्धार्थले नेपालगन्जमा ४ कठ्ठा जग्गामा फ्यामिली रेस्टुरेन्ट सञ्चालनमा ल्यायो। नेपालगन्जमा पनि सफल भएपछि उनीहरूले काठमाडौंको सुन्धारामा २५ कोठाको सिद्धार्थ होटल स्थापना गरे। चौथो शाखा तीनकुनेमा सिद्धार्थ कटेज खुल्यो। त्यसपछि बुटवलमा १८ कोठाको सिद्धार्थ प्लाजा होटल सञ्चालनमा आयो। 'नेपालगन्जमा अझै भव्य होटल स्थापना गर्ने लक्ष्य थियो, त्यसकारण डेढ विघा जग्गा लिएर त्यहाँकै सबैभन्दा ठूलो थ्री स्टार लाइसेन्सका साथमा फोर स्टार सुविधा दिएर सिद्धार्थ गेष्ट हाउस सञ्चालनमा ल्यायौं,' लक्ष्मणले भने-'जसमा तीनवटा रेस्टुराँ, तीनवटा ठूला सेमिनार हल, जिम, साउना, स्वीमिङ पुलसहितको क्लब पनि निर्माण गर्‍यौं, जुन नेपालगन्जको मुख्य बजारबाट एयरपोर्ट जाने बाटोमा अवस्थित छ।' लगत्तै काठमाडौंको पुरानो बानेश्वरमा सिद्धार्थ फुडल्यान्ड नाममा अर्को रेस्टुराँ सञ्चालनमा आयो। सिद्धार्थ ग्रुप अन्तर्गत नै सिद्धार्थ कटेज धोबीघाट पनि स्थापना भयो। लगातारको सफलताले यही व्यवसायमा लगानी थप्ने उत्प्रेरणा जगाएको लक्ष्मणले सुनाए। कणर्ालीको चिसापानीमा स्टार लेभलकै रिसोर्ट पनि सञ्चालनमा ल्याइएको छ। त्यतिमात्र होइन बुटवलमै दोस्रो प्रोजेक्टका रूपमा सिद्धार्थ कटेज नाममै रेस्टुराँ, बैंक्विट, फाइन डाइन, बार पmयासिलिटज, गार्डेन रेस्टुरेन्ट पनि सञ्चालनमा आयो। सिद्धार्थ ग्रुपले अहिलेसम्म सञ्चालनमा ल्याएका सबै स्थानमा ट्रेनिङ सेन्टरको व्यवस्था मिलाएको छ। यो समूहले अबको पाँच वर्षभित्रमा काठमाडौंमै फोर स्टार होटल स्थापना गर्ने लक्ष्य लिएको छ। योबीचको समयमा थप १० वटा फास्टफुड क्याफे सञ्चालनमा ल्याउनेछौं। सिद्धार्थले नेपालमा मात्र नभै विदेशमा पनि शाखा विस्तार गर्ने सपना साँचेको छ। बाजेको सेकुवाका संस्थापक दिनानाथ भण्डारी आफैं पनि खसीको मासुका पारखी थिए। गाउँमा खसी काट्नेबित्तिकै सबैले जन्तरेलाई सम्झन्थे। जन्तरे अर्थात् दिनानाथ। खसी काटेर भागबन्डा गरिसकेपछि सबै मासु राखिएको एउटा ठूलो भाग त्यहीं राखिन्थ्यो, उक्त मासु पकाएर ख्वाउने तथा खाने काम गर्थे जन्तरे। अड्डा अदालत धाउने क्रममा झापा चन्द्रगढीको उत्तम लजमा पनि उनी आफैं किचेनमा छिरेर मासु यसरी पकाउने भनेर सिकाउँथे। समयक्रममा उनी काठमाडौं आइपुगे। काठमाडौं घुम्ने क्रममै एक दिन उनी एयरपोर्ट पुगे। त्यहाँ खाजाका रूपमा मासु पोलेर ख्वाउने एउटा फुटपाथ व्यवसायीलाई पनि उनले देखे। के खोज्छस् कानो भन्ने उखान त्यहीं लागू भयो। एक-दुई दिन उक्त दृश्य देखेपछि ३ केजी मासु लिएर उनी पनि फुटपाथमा मासु पोल्न थाले, तर उनको सेकुवा कसैले खाइदिएनन्। तर श्रीमतीले मीठो मुलाको अचार बनाउने भएकाले उनको व्यापार क्रमशः बढ्न थाल्यो। प्रहरीले फुटपाथ व्यापारलाई खेदिरहने भएकाले उनी हालको आयल निगम भएको स्थानसम्म सर्दै-सर्दै आइपुगेका थिए। प्रहरीले अति नै गरेपछि त्यसबेला आइकम अध्ययनरत छोरा चेतनले कमाएको पैसा लगानी गरेर सिनामंगल चोकमै सर्टर निर्माण गरेर बाबुको व्यवसायलाई व्यवस्थित गरिदिए। 'हामी त्यतिबेला एकदमै खुसी थियौं, ब्यापार बढ्दो थियो' बाजेको सेकुवाका प्रबन्ध निर्देशक चेतन भण्डारी भन्छन्- 'त्यसपछि हामीले हाल रहेको सिनामंगल कार्गोको अपोजिटमा अझ व्यवस्थित ढंगले बाजेको सेकुवा सञ्चालनमा ल्यायौं।' एकदिन चेतन सोह्रखुट्टेतिर घुम्दै थिए, उनले एउटा राम्रो स्थानमा खाली सटर देखे। उक्त सटर मालिकले सेकुवाका लागि भाडा दिन नसकिने बताए। चेतनका अनुसार उनलाई यो कुराले झन त्यहीं बाजेको सेकुवा स्थापना गर्न बल पुर्‍यायो। त्यसपछि एमबीए अध्ययन पूरा गरेका चेतनले आफ्नो व्यवस्थापनको ज्ञान प्रयोग गर्दै बाजेको सेकुवालाई ब्रान्डिङ गर्ने लक्ष्य बनाए। 'मेरो सपना अझै धेरै छन्, सपनालाई यथार्थमा बदल्न समय र परिस्थितिले पनि उत्तिकै साथ दिनुपर्छ,' चेतन भन्दै थिए । त्यसपछि गैहि्रधारा, अनामनगर, बत्तिसपुतली र सिटी सेन्टरमा उनले आउटलेट विस्तार गरे। बत्तीसपुतलीको शाखा पार्टी प्यालेस, सेमिनार, रेस्टुरेन्ट र कफीसपका रूपमा सञ्चालनमा छ। सेकुवा रेस्टुरेन्टलाई उनले अहिले बेकरी क्याफेका रूपमा पनि बढाएका छन्। बत्तीसपुतली र अनामनगर शाखामा कोरियन प|mेन्चाइजी क्याफे नुरी लिएर मिठासको कफी ख्वाउन थालेका चेतन अन्य शाखामा पनि यसलाई फैलाउने लक्ष्य सुनाउँछन्। अब आफ्नै व्यवस्थापनमा उपत्यका र उपत्यकाबाहिर प|mेन्चाइजी दिने योजना छ।' उनले क्याफे नुरीको आम्दानीको १० प्रतिशत सामाजिक सेवामा लगाउने घोषणा पनि गरेका छन्। नाङ्लो प्राइभेट लिमिटेड सन् १९७६ मा स्थापना भयो। परम्परागत कपडा व्यवसाय छोडेर रेस्टुरेन्ट लाइफस्टाइलमा जान दाजुभाइ श्याम र गोपाल सुन्दर लाल कक्षपतिलाई अवश्यै चुनौती थियो। घुम्ने क्रममै उनीहरूले नेपालमा बेकरी क्याफे सहितको रेस्टुरेन्टको अवधारणा सफल हुने देखे। 'केही नयाँ काम गरौं भन्ने लहडले नै नाङ्लोको स्थापना भएको थियो' गोपालले साप्ताहिकलाई भने- 'हामीले नेपाली बजारमा रेस्टुराँको यो नयाँ कन्सेप्ट बिक्छ भन्ने बुझ्यौं, नभन्दै सफलता मिल्यो।' त्यसो त हाल शान्तीवाटिका रहेको रत्नपार्कमा सन् १९७२ मा क्याफे डि पार्क सञ्चालन गरेर उनीहरू यो क्षेत्रमा प्रवेश गरेका थिए। पछि दरबारमार्ग टुरिस्ट एरियाका रूपमा विकास हुँदै गएपछि त्यहाँ राम्रो बिजनेस होला भन्ने मानेर सुरु गरेको गोपालले बताए। नाङ्लो प्रालिअन्तर्गत अहिले नाङ्लो क्याफे एन्ड पप दरबारमार्ग, नाङ्लो चाइनिज रुम दरबारमार्ग, नाङलो वेस्ट बुटवल र तानसेनमा सञ्चालनमा छन्। नाङ्लो प्रालीका प्रबन्ध निर्देशकका रूपमा गोपालले नाङ्लो चेनको बिजनेस हेर्छन् भने श्यामले द बेकरी क्याफेको व्यवस्थापन हेर्छन्। नाङ्लोले गत माघमा विराटनगरको नेपालबजारमा नाङ्लो इस्ट पनि सञ्चालनमा ल्याएको छ। द बेकरी क्याफेका एक दर्जनभन्दा बढी शाखा छन्। दरबारमार्ग पछि जावलाखेल, नयाँ बानेश्वर तथा बौद्धमा बेकरी क्याफे सञ्चालनमा आएको थियो। भाटभटेनीस्थित भाटभटेनी सपिङ मल, महाराजगन्जस्थित भाटभटेनीमा पनि सञ्चालित बेकरी क्याफेका शाखा पुल्चोक, ग्वार्को, सुन्धारा र टेकुमा पनि छन्। 'ओभरअल विजनेस राम्रै चलेकाले शाखा विस्तार पनि गर्दै लगेका छौं' गोपालले भने- हामी प|mेन्चाइजी दिँदैनौं, अहिलेको यस प्रकारको मोडलमै सन्तुष्ट छौं, काठमाडौंमै पनि भक्तपुर, भैंसेपाटी, मुलपानीजस्ता नयाँ बस्ती विकास भएका क्षेत्रमा पनि बजारको राम्रो सम्भावना भएकाले त्यतातर्फ पनि शाखा विस्तार गर्न सक्छौं। नयाँ बानेश्वर, थापाथली, गौशाला, महाराजगन्ज, गैरीधारा, बसुन्धरा गरी ६ स्थानमा इन्द्रेणीका रेस्टुरेन्ट सञ्चालनमा छन्। शम्भु श्रेष्ठ र उनका दाईको संघर्षमय जीवनले सफलता हासिल गर्दै इन्द्रेणीले उपत्यकाभित्र गतिलो नेटवर्क सिर्जना गरेको हो। पछिल्लो समय गौशालास्थित पशुपति भिजन कम्प्लेक्समा होटल इन्द्रेणी हिमालय सञ्चालनमा छ, जसमा क्लब कलिउड प्लानेट, सेमिनार हल, ६५ कोठाको होटल, जुम्मा डान्स, सलुन, कफी सप आदि सुविधा उपलब्ध गराइएको प्रबन्ध निर्देशक शम्भुले बताए। ४३ सालमा ४० हजार रुपैयाँबाट सुरु भएको व्यापारमा उनीहरूले पकाउनेदेखि भाँडा सफा गर्नेसम्म ड्युटी गरेका थिए। 'बिजनेस भोल्युम सोचेभन्दा धेरै माथि पुर्‍याएका छौं, अहिले टिममा आधा दर्जनभन्दा बढी छौं' शम्भुले भने- 'हामीले रेस्टुरेन्टहरू कम्प्िलट प्याकेजका साथ सञ्चालन गर्ने जमर्को गरेका छौं, किनभने अहिले बैंकेट पाटी प्यालेसदेखि गेम जोनसम्म विकास गर्दा त्यो सम्पूर्ण रूपमा पारिवारिक थलो हुन्छ। यसमा हामीले फाइभ स्टार लेभलको सुविधा उपलब्ध गराएका छौं।' इन्द्रेणीसँग १५ जनादेखि १५ सयसम्म अट्ने पार्टी हल छन्। शम्भुका अनुसार एउटै छातामुनि सबै सुविधा उपलब्ध गराउने चाहना हो। २०५२ सालमा स्थापना भएको रोयल एलिनाज बेकरी क्याफेको सफलताको यात्रा पनि उत्तिकै रोमाञ्चक छ। पर्यटन र होटल क्षेत्रमा काम गर्ने उद्देश्यले अर्जुन भण्डारीसहितको टिमले सुरु गरेको एलिनाजको यात्रा पनि संघर्षमय रहयो। गुणस्तरीय सेवा दिएकै कारण व्यवसाय राम्रोसँग सञ्चालन भएको यसका सञ्चालक बताउँछन्। युवादेखि वृद्धसम्म सबै पारखीको स्वाद बुझेर त्यहि अनुसारको सर्भिस दिएको बताउने एलिनाजले नयाँ बानेश्वर, जावलाखेल, न्युरोड, कालिमाटी, पिपल्स प्लाजामा शाखा छन्। नेपाली कन्टिनेन्टल, चाइनिज, नेवारीदेखि सबै प्रकारका परिकारको स्वाद एलिनाजले उपलब्ध गराएको छ। यसले नियमित आउने ग्राहकहरूका लागि डिस्काउन्ट कार्डलगायतका सुविधा पनि दिन्छ। यहाँका कर्मचारीले दौरा-सुरुवाल लगाएर पाहुनाहरूको स्वागत गर्छन्। सजावट साधारण भए पनि सेवामा विशेष ध्यान दिइएको एलिनाजले बताएको छ। एलिनाजको जावलाखेल ब्रान्चमा ग्राहकहरूका लागि विशेष लाउन्जको पनि व्यवस्था छ। कुनै समय वियरको कारोबारमा रमाइरहेका सुमित मैनाली एकाएक रेस्टुराँ व्यवसायमा तानिए। उनले स्वदेशमा मात्र होइन, विदेशमा पनि रेस्टुरेन्ट चेन चलाइरहेका छन्। 'अमेरिकामा रहेका भाइले जापानिज युवतीसँग विवाह गरेपछि, उनीहरू जापान फर्किएर काम गर्न थालेका थिए' सुमितले भने- 'जापान पुगेर मैले भाइलाई रेस्टुराँ सञ्चालन गर्ने आइडिया सुनाएँ, त्यसपछि ओसाकामा ओएसिस क्याफे सुरु भयो।' पहिलो रेस्टुराँले सोचेभन्दा राम्रो व्यापार गरेपछि ओसाकामै दोस्रो शाखा पनि खुल्यो, सुमितका अनुसार अहिले ओएसिसका ४ वटा शाखा ओसाकामा छन्। जापानमा सफल भएपछि उनले काठमाडौं बसुन्धरामा बैंकेट पार्टीप्यालेस र सेमिनार हलसहितको ओएसिसको पाँचौं शाखा सञ्चालनमा ल्याए। अहिले ओएसिस ग्रुपकै सिस्टर कन्र्सनका रूपमा धापासीमा मेगा इन्डियन मुगलाई रेस्टुराँ र मेगा पार्टी भेन्यु सञ्चालनमा छन्। चेन रेस्टुराँहरूको सन्जाल प्रारम्भमा झोंछेबाट सुरु भएको रेस्टुराँ कल्चर ठमेल हुँदै मुलुकभर विस्तार हुँदै गएको छ। काठमाडौं, पोखरा, सौराहा, बन्दीपुर, विराटनगर, धरान, भेडेटार, बिर्तामोड, नेपालगन्ज, धनगढी, भैरहवा, बुटवलसम्म रेस्टुराँहरू विस्तार हुँदै गएका छन्। चेन रेस्टुराँका रूपमा द बेकरी क्याफे, नाङ्लो, इन्द्रेणी, एलिनाज, एन्डिज, बाजेको सेकुवा, हटब्रेड, संगम स्वीट, ओएसिस क्याफे, सिद्धार्थ ग्रुप, क्वालिटी फुड सर्भिस, रोडहाउस क्याफे आदि छन्। सहरमा परिचित हट ब्रेडका ८ वटा शाखा छन्। नक्सालमा मुख्यालय रहेको हटब्रेडको सञ्चालक श्रीधर शर्मा पाण्डे हुन्। दरबारमार्ग, न्युरोड, नयाँ बानेश्वर, पुरानो बानेश्वर, महाराजगन्ज, त्रिपुरेश्वर, जावलाखेल आदि स्थानमा हटब्रेडका शाखा छन्। यस्तै रोडहाउस क्याफेले काठमाडौंका अतिरिक्त पोखरामा पनि शाखा विस्तार गरेको छ। क्वालिटी फुड सर्भिसले पनि आधा दर्जन भन्दा बढि चेन डेभलप गरेको छ। दमकबाट प्रारम्भ भएको संगम स्वीट अहिले काठमाडौंको नयाँ वानेश्वर र कमलादीमा पनि संचालनमा छ। नेपालमा चेन रेस्टुराँको विस्तारको क्रम अझ बढ्दै जाने निश्चित छ, रेस्टुराँ एसोसिएसनका अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ भन्छन्-'अहिले मापसे तथा रिसेसनले गर्दा मात्र केही कम भएको हो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger