Widgets

Home » » सुशीललाई ‘पावरफूल’ बनाउने सिटौलाको प्रस्ताव - महाधिवेशनबाट पारित विधान, कार्यसमितिले फेर्दै

सुशीललाई ‘पावरफूल’ बनाउने सिटौलाको प्रस्ताव - महाधिवेशनबाट पारित विधान, कार्यसमितिले फेर्दै

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

congress flag
२२ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई शक्तिशाली बनाउने गरी विधान संशोधन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकमा दर्ता भएको छ ।
महामन्त्री कृष्णप्रसाद सिटौलाले पेश गर्नुभएको विधान संशोधन प्रस्तावमा सभापतिले कार्यसमितिमा ५० प्रतिशत सदस्य आफैं मनोनयन गर्न पाउनुपर्ने गिरिजाकालीन व्यवस्था लागू गर्न माग गरिएको छ ।
धुलीखेल र बाह्रबिसेमा सम्पन्न जिल्ला सभापतिहरुको भेलाले समेत सभापतिलाई शक्तिशाली बनाउनुपर्ने म्यान्टेड दिएको भन्दै सिटौलाले कार्यसमितिका सभापतिले ५० प्रतिशत सदस्य मनोनित गर्न पाउनुपर्ने बताउनुभएको छ । ‘निर्वाचित संख्या बराबरको संख्यामा सभापतिले पदाधिकारी मनोनय गर्न पाउने व्यवस्थाका लागि संशोधनको मुख्यतः माग रहेको छ ।
कांग्रेसको १२ औं महाधिवेशनपूर्व सभापतिले ५० प्रतिशत सदस्य मनोनयन गर्न पाउने व्यवस्था रहेकोमा महाधिवेशनले यसलाई सच्याउँदै सभापतिको अधिकार कटौती गरेको थियो । तर, महाधिवेशन सकिएको दुईवर्षपछि सभापति शुसील कोइरालाको अगुवाइमा सभापतिलाई पहिलेकैजस्तो ‘पावरफूल’ बनाउन लागिएको हो ।
महाधिवेशन सकिएको दुई वर्षपछि पनि सभापति कोइरालाले केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन सक्नुभएको छैन । महाधिवेशनको विधानले पदाधिकारी मनोनयन गर्दा सभापतिले नभएर समितिले गर्ने भनिएकोमा सिटौलाको संशोधन प्रस्तावमा समितिको सट्टा ‘सभापति’ राख्ने माग गरिएको छ । सिटौलाको संशोधन प्रस्ताव केन्द्रीय कार्यसमिति र महासमिति बैठकले सदर गर्यो भने अब कांग्रेसको केन्द्रीय कार्यसमितिमा सुशील कोइराला अल्पमतमा पर्ने सम्भावना पूर्णतः टर्नेछ ।
हेर्नुहोस् सिटौलाको विधान संशोधन प्रस्ताव
prati

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger