Widgets

Home » » हनुमानढोकाको ढुकुटी खोल्नै बेर लाग्यो

हनुमानढोकाको ढुकुटी खोल्नै बेर लाग्यो

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२२ चैत, काठमाडौं । राजधानीको हनुमानढोकास्थित पुरातात्विक महत्वको ढुकुटीका के छ भन्ने कुरा अझै थाहा हुन सकेको छैन । दशकौं पुरानो ढुकुटी खोल्न बिहीबार बिहानैदेखि पुरातत्व विभाग नेतृत्वको टोली खटिएपनि सामान पत्ता लाग्न सकेको छैन । दिउँसो ३ बजेसम्म ढुकुटीमा के छ भन्ने कुरा थाहा हुने बताइएपनि हेर्न भित्र छिरेको टोली बाहिर निस्केको छैन । हनुमानढोकामा अवस्थित पुरानो र जीर्ण घरभित्र झाडी पन्छाउँदै गएको टोलीले ढुकुटी खोल्ने काम गरिरहेको छ । टोलीमा संगै रहेका एक कर्मचारीले बाहिर आएर दिएको जानकारी अनुसार कोठाभित्र बाकसको थुप्रो भेटिएको छ । तर बाकसभित्र के छ भन्नेकुरा चाहिँ अझै हेर्न नभ्याएको उनले बताए । ढुकुटीमा मल्लकालदेखिका पुराना र ऐतिहासिक धनमाल रहेको अनुमान छ । कहिल्यै नखोलेको भनिएको ढुकुटी २०१५ सालमा खोलेर ७५ लाख भारतीय रुपैंया सटही गरिएको थियो । ढुकुटीमा देवी-देवताको नाममा रहेका अनगिन्ती गहना र अथाह सम्पत्ति हुन सक्ने अनुमान छ । ढुकुटी खोल्ने बित्तिकै त्यहाँ रहेका धनमाल र सम्पत्ति सार्वजनिक गरिने विभागले जनाएको छ । सयौं वर्ष पुरानो ढुकुटी मक्किएर ढल्न लागेपछि सरकारले खोल्न निर्देशन दिएको हो । आचार संहिता नै बनाएर कडा सुरक्षाबीच ढुकुटी खोल्ने काम भैरहेको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger