Widgets

Home » » रेग्मी सरकारका शान्तिमन्त्री टोपबहादुर ! के हेर्दैछन् रामकुमार श्रेष्ठ ?

रेग्मी सरकारका शान्तिमन्त्री टोपबहादुर ! के हेर्दैछन् रामकुमार श्रेष्ठ ?

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२२ चैत, काठमाडौं । नेपालको शान्ति तथा पुनर्निर्माण मन्त्री को होला ? तपाईलाई पक्कै थाहा होला । थाहा छैन भने तपाईले शान्ति मन्त्रालयको वेभसाइट हेर्नुपर्ने हुन्छ, जहाँ निर्दलीय रेग्मी सरकारको शान्ति मन्त्री हुनुहुन्छ- एमाओवादीवादी नेता टोपहादुर रायमाझी । खिलराज रेग्मी नेतृत्वमा सरकार गठन भएको महिना दिन पुग्न लाग्यो ।
reconstructionनयाँमन्त्रिपरिषद गठन भएपछि शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी रामकुमार श्रेष्ठले सम्हाल्नुभएको बताइएको छ । तर, मन्त्रालयको आधिकारिक वेभसाइटमा भने बिहीबार अपरान्हसम्म टोपबहादुर रायमाझीलाई नै शान्ति मन्त्री बनाइएको छ । मन्त्रालयको आधिकारिक वेवसाइटमा बाबुराम भट्टराई नेतृत्वकै पालाका रायमाझीलाई मन्त्रीको सूचीमा राखिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायत सबै मन्त्रालयले आफ्नो वेवसाइट ‘अपडेट’ गरे पनि शान्ति तथा पुननिर्माण मन्त्रालयको भने अझै यसमा मन्त्री कोहो भन्नेमा समेत ध्यान जान सकेको छैन । मन्त्रालयको जिम्मेवारी लगायत कामकार्वाही र नीति निर्णय वेवसाइट हेरेर थाहा पाउने गरिन्छ ।
शान्तिमन्त्रालयको वेवसाइट हेरेर के बुझ्ने ? अध्यक्ष खिलराज रेग्मीले जिम्मेवारी सम्हालेलगत्तै मन्त्रालयका गतिविधि २४ घण्टाभित्र वेभसाइटमा राख्न निर्देशन दिनुभएको थियो । तर शान्ति मन्त्रालयको साइडमा २४ घण्टा हैन, २४ दिनसम्म पुरानै मन्त्रीको तस्वीर राखिनुले रेग्मीको निर्देशनको धज्जी उढेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger