भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नयाँ वर्षलाई स्वागत गर्दै शुक्रबार राति ग्वार्कोमा भव्य फेशन शो र सांगीतिक कार्यक्रम आयोजना गरिएको छ। गर्जिएस एटीभ शो–२०१३ नाम दिइएको यो कार्यक्रम १९९९ एडी प्यालेसले आनै हलमा आयोजना गरेको थियो। चमकदार रंगीचंगी प्रकाश र मनोरञ्जक गीतसंगीतका बीच आयोजित कार्यक्रममा विभिन्न डिजाइनरहरूद्वारा तयार पारिएका पहिरनमा मोडलहरूले बिरालोको चाल मारेका थिए। फेशन शोमा वन पिस, सारी र गाउन सिक्वेन्समा मोडलहरूले क्याटवक गरेका थिए। यी सिक्वेन्सका लागि फेशन डिजाइनर ममिता राई, कौशिला याख्खा राई, तेजिना महर्जन, निलीमा महर्जन, शिला मानन्धर, रोजिना घले, बिनु श्रेष्ठ, सिर्जना श्रेष्ठ, रोशनी महर्जन, किशु थापा, केशोभा महर्जनले पहिरन तयार पारेका थिए। हेयर एन्ड मेकअप सुमन लामा र कोरियोग्राफी लक्ष्मी बस्नेतको रहेको फेशन शोमा लाक्पा तामाङ, आयुष्मा श्रेष्ठ, एनी थापालगायतका मोडल ती परिहनमा र्याम्पमा उत्रिएका थिए। कार्यक्रमलाई सांगीतिक रूप दिन पुष्पा पौडेल, शशी रावल, रविन वज्राचार्यलगायतले गीतसंगीत प्रस्तुत गरेका थिए।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.