Widgets

Home » » एउटा अतृप्त प्रेमको कथा ऐश्वर्या र सलमानको

एउटा अतृप्त प्रेमको कथा ऐश्वर्या र सलमानको

Written By sangalo on Sunday, April 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


एउटा बदनाम 'प्ले ब्वाई', अर्की विश्व सुन्दरी । दुवै हिन्दी फिल्मका कलाकार । यिनको प्रेमसम्बन्धको समाचारले धेरै पत्रिका रंगिए र बिछोडका समाचार पनि त्यस्तै रंगिन अक्षरमै लेखिए ४५ हाराहारीमा पुग्दा पनि अविवाहित सलमान खान र हालै अभिषेक बच्चनस“ग विवाह गरेकी ऐश्वर्या रायको सम्बन्धको कथा हो यो । यिनको प्रेमसम्बन्धको अवसान भइसकेको छ, तर पनि बलिउडका सबैभन्दा चर्चित यो सम्बन्धका झिल्का अझै आकाशमा उडिरहेका छन् । बलिउडका सबैभन्दा सफल पटकथा लेखकमा पर्ने सलिम खानका जेठा छोरा सलमान करिब बीस वर्षघि हिरो बनेका थिए । ख्याउटे अनुहार र सामान्य शरीर भएका सलमान पिताको आग्रहलाई बेवास्ता गर्दै फिल्ममा उत्रिएका थिए । कुनै दिन यी सुपरस्टार बन्लान् भनेर परिवारका कसैलाई विश्वास थिएन । तर, आपmनो दोस्रो फिल्म 'मैने प्यार किया'बाट नै यी हिन्दी फिल्मका सफल हिरोमा दरिए । तर, त्यसपछिका केही वर्षभने उनी असफलताको गुमनाम अ“ध्यारोमा प्रवेश गरे । यस्तै, असफलताको समयमा उनी थुप्रै महिला मित्रको संगतमा आए । छोटो समयको असफलतापछि उनी फेरि पुरानै रंगमा फर्किए र अहिलेसम्म हिन्दी फिल्ममा सफलता पाइरहेका छन् । यो बीचमा सलमानको धेरै महिलास“ग नाम जोडियो । यिनमा प्रमुख नाम थिए- संगीता विजलानी र सोमी अली । यी दुवै हिन्दी फिल्मका हिरोइन थिए, संगीता अलि बढी फिल्म खेलेकी र सोमी अलि कम । तर, संगीतास“ग विहे गर्ने सलमानको सपनाको मैदानमा एउटा क्रिकेटरले एउटा लामो छक्का हिर्काइदिए । संगीताले क्रिकेटर मोहम्मद अजहरूद्दिनस“ग विवाह गरिन् । यसको केही समयमा नै सलमान अर्की अभिनेत्री सोमी अलीको प्यारमा कैद भए । तर, यो प्रेम पनि लामो समय जीवित रहन सकेन । फिल्मी दुनिया“मा छिरेको दस वर्षछि सलमान फेरि एक्लै थिए । यसैबीचमा १९९४ मा भारतकी एक सुन्दरी ऐश्वर्या रायले विश्व सुन्दरीको ताज जितिन् । र, विस्तारै बलिउडतिर चिहाउन थालिन् । विश्वसुन्दरी भएको तीन वर्षछि ऐश्वर्या हिन्दी फिल्ममा देखिइन् । यिनका सुरुका केही फिल्म सफल भएनन् । यस्तैमा १९९८ मा एउटा दाह्रीवाला निर्देशक सञ्जयलीला भंसालीले उनलाई 'बिग बजेट' लभस्टोरीमा नायिकाको भूमिका दिए । पहिलो फिल्म 'खामोसी'को असफलतापछि सञ्जय एउटा 'ठूलो फिल्म' बनाउने सुरमा थिए । फिल्मका लागि दर्ुइ नायक छानिएका थिए- अजय देवगन र सलमान खान । लामो समयको रोमान्सपछि अभिनेत्री काजोलस“ग विवाह गर्ने धुनमा रहेका अजयका लागि फिल्मकी नायिका खासै चासोको विषय थिइनन् तर सलमान भने एक्लै थिए र ऐश्वर्याको सुन्दरतामा लट्ठ परिसकेका थिए । उनीहरूको सम्बन्ध सुरु भयो र फिल्मको सुटिङ नसकि“दै यिनको प्रेमका खबर अखबारभर छरपस्ट भइसकेको थियो । १९९९ मा 'हम दिल दे चुके सनम' रिलिज भयो र निकै हिट भयो । यो फिल्मको सफलताले यिनको जोडीलाई पनि चर्चित बनायो । तर, दिन सधंै राम्रो मात्रै आउ“दैन । सलमान र ऐश्वर्याको तारिफमा लामा-लामा लेख लेख्ने पत्रिकामा एक दिन उनीहरूको सम्बन्ध खराब हुन थालेको समाचार आयो । विस्तारै, सलमानले ऐश्वर्यालाई कसरी पिटे र रक्सीको नसामा धुत भएर रातभर ऐश्वर्याको घरअघि जाग्राम बसे भन्ने समाचार पनि आए । वर्षो अन्त्यमा 'हम दिल दे चुके सनम'बाट ऐश्वर्याले अभिनेत्रीको फिल्मफेयर अवार्ड पाइन् । अवार्ड लिन मञ्चमा उक्लि“दा उनको हातमा पट्टी बा“धेको देखियो । भोलिपल्टदेखि गपिस म्यागजिनहरूले सलमानले कुटेर उनको हात भा“चिएको खबर लेखे । ऐश्वर्याका केही छिमेकीले रातभर हल्ला गरेर सुत्न नदिएको भन्दै सलमानविरुद्ध प्रशासनमा उजुरी पनि दिए । त्यसैताका सलमान हरिण सिकार मामलामा पक्राउ पनि परे । र, उनको गाडीले मुर्म्बईको फुटपाथमा केहीको ज्यान पनि लियो । यो सलमानको बदनामीको शिखर थियो । दिनप्रतिदिन दागी बन्दै गएका सलमान र उनको ज्यादतीले गर्दा अब ऐश्वर्याको मन फेरिन थालेको थियो । यिनको सम्बन्ध समाप्त भएको भन्ने खबरको दुवैले कहिल्यै खण्डन गरेनन् । यस्तैमा अभिनेता सुरेश ओवरायका छोरा विवेक ओवरायले अचानक सलमानस“ग ऐश्वर्याको सम्बन्ध समाप्त भएको र अब उनी आपmनी प्रेमिका भएको दाबी गर्न थाले । रामगोपाल बर्माको फिल्म 'कम्पनी'बाट रातारात चर्चित भएका विवेकको यस्तो दाबीको ऐश्वर्याले कहिल्यै र्समर्थन गरिनन् र प्रतिवाद पनि गरिनन् । तर, विवेकको दाबी भने दिनदिनै चकिर्“दै गएको थियो । एकदिन विवेकले प्रेस सम्मेलन गरेर गएको राति सलमानले आफूलाई ४१ पटक फोन गरेर धम्क्याएको आरोप लगाए । सलमानले यसको कुनै प्रतिवाद गरेनन् । यो पूरै प्रकरणपछि विवेक र ऐश्वर्याको सम्बन्ध कस्तो रह्यो भन्नेमा धेरैले चासो लिएनन् तर सलमान-ऐश्वर्या सम्बन्ध समाप्त भएको भने पुष्टि भयो । अब दुवै खाली थिए । यिनको सम्बन्ध फेरि सुरु हुने सम्भावना पनि थिएन । सलमान, ऐश्वर्या दुवै हिन्दी फिल्मका ठूला स्टार थिए, यिनलाई फिल्मको कमी थिएन । फिल्ममा अभिनयकै सिलसिलामा ऐश्वर्याले अर्को प्रेमी पाइन् । यी थिए महानायक अमिताभ पुत्र अभिषेक बच्चन । थुप्रै फिल्म असफल भएका र अभिनेत्री करिश्मा कपुरस“ग छिनिइसकिएको यिनको विवाह बीचैमा टुटेको थियो । रोहन सिप्पीको 'कुछ ना कहो' र जेपी दत्ताको 'उमराव जान' मा अभिषेक र ऐश्वर्या जोडीका रूपमा देखापरे । यसैबीचमा अभिषेकका फिल्म पनि हिट हुनथाले । अखबारहरूमा फेरि ऐश्वर्याको सम्बन्धको चर्चाले ठाउ“ पाउन थाले तर यसपटक उनको साथीको नाममा सलमान होइन, अभिषेकको नाम थियो । यसै वर्ष'वल्ड टुर' प्रोगाममा गएका बेला अभिषेकले ऐश्वर्यालाई ह्रि्रो विमानस्थलमा विवाहको प्रस्ताव गरे, जसलाई ऐश्वर्याले तुरुन्तै स्वीकार पनि गरिन् । फर्किएर यिनले भव्य विवाह पनि गरे । तर, यता सलमान भने अझै अविवाहित छन् । अभिनेत्री क्याट्रिना कैफस“ग अहिले उनको प्रेमका समाचार आइरहेका छन् । यिनले विवाह गर्न लागेका खबर पनि निकै आए तर विवाह नै गर्ने भने अझै सम्भावना छैन । पे्रमका लागि जस्तोसुकै बदनामीको पनि डर नमानेका सलमान अन्ततः ऐश्वर्यास“गको प्रेममा सफल भएनन् । सलमान एउटा नामुद 'दिलफेक आशिक' थिए तर ऐश्वर्या नापतौल गरेर बोल्ने एकदमै महत्त्वाकांक्षी युवती । यसैले यी दर्ुइको सम्बन्ध लामो नगएको विश्लेषण गर्ने गरिएको छ । यसबीचमा सलमानको एउटा फिल्म आएको थियो- तेरे नाम । यसलाई एउटा दर्ुभाग्यको प्रेमकथा भनिएको थियो । यो फिल्मलाई सलमान र ऐश्वर्याको सम्बन्धमा आधारित फिल्म पनि भनिएको थियो । फिल्ममा सच्चा प्रेम गरेर पनि प्रेमिका नपाउने एउटा बिग्रिएको युवकको कथा थियो, जो कताकति सलमानकै कथाजस्तो लाग्दथ्यो । यो फिल्मको अन्त्य जस्तै सलमान-ऐश्वर्या पे्रम सम्बन्धलाई अहिले असफलको सट्टा अतृप्त प्रेमकथाका रूपमा परिभाषित गर्ने गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger