Widgets

Home » » देब्रेहातेको दाहिने मस्तिष्क सक्रिय

देब्रेहातेको दाहिने मस्तिष्क सक्रिय

Written By sangalo on Sunday, April 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


विश्वका ९० प्रतिशत व्यक्ति दाहिनेहाते (राइट ह्यान्डेड) हुन्छन् भने बाँकी १० प्रतिशत मात्र देब्रेहाते (लेफ्ट ह्यान्डेड) हुन्छन् । यसरी कसैको दाहिने हात चल्छ भने कसैको देब्रे हात चल्नुको कारण के त ? वैज्ञानिकका अनुसार बायाँ वा दायाँ हात चल्नुमा ‘जीन’ जिम्मेवार रहेको हुन्छ । यू.एस.नेसनल क्यान्सर इन्स्टिच्युट लेबोरेटरीका जीन विशेषज्ञ डा. अमर जे.एस.क्लार भन्छन्– ‘धेरैजसो व्यक्तिमा विशेष प्रभावशाली जीन हुन्छ, यसले ‘राइट ह्यान्डेड’ बनाउन अहम् भूमिका खेल्छ । तर केही व्यक्तिमा भने राइट ह्यान्डेड जीनको अभाव हुन्छ ।’ युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाका मनोचिकित्सक डा. स्टेनले कोरेनका अनुसार जीनको आधारमा देब्रेहाते हुनु अपवादजस्तै हो । कमै व्यक्तिमा यो लागू हुन्छ । यसबारेमा उनी तीन वर्षदेखि खोज–अनुसन्धान गरिरहेका छन् । गर्भावस्थाको समयमा आमामा परेको तनावको असर पेटमा भएको बच्चामा पर्ने तर्क डा. कोरेनको छ । तर पनि देब्रेहाते हुनुमा ‘जेनेटिक्स’ एवम् भ्रूणमा परेको प्रभाव दुवै जिम्मेवार रहने शोधकर्ताहरूको मत छ । दायाँ हातले काम गर्नेहरूको मस्तिष्कको बायाँ हेमिस्फेयर र बायाँ हातले काम गर्नेहरूको मस्तिष्कको दायाँ हेमिस्फेयर सक्रिय हुन्छ । यही कारण देब्रेहातेहरूमा संवेदनशीलता बढी हुन्छ । कुनै कुरा तुरुन्त सम्झन सक्ने क्षमता पनि उनीहरूमा आश्चर्यजनकरूपमा बढी पाइएको छ । स्मरणीय छ, गुरुत्वाकर्षण पत्ता लगाउने वैज्ञानिक सर आइज्याक न्युटन र हालका अमेरिकी राष्ट्रपति बाराक ओबामा देब्रेहाते हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger