Widgets

Home » , » राति निद्रामा यौनसम्पर्कको प्रयास

राति निद्रामा यौनसम्पर्कको प्रयास

Written By sangalo on Sunday, April 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


म १९ वर्षीय अविवाहित युवक हुँ । प्रेमिकासँग स्पर्श हुँदा स्वभावैले उत्तेजित हुन्छु । तर अहिलेसम्म यौनसम्पर्क भने गरेको छैन । कहिलेकाहीँ राति निद्रामा चाहिँ यौनसम्पर्कको प्रयास गरेको सपना देख्छु । बिहान उठ्दा वीर्यस्खलन भएको पाउँछु । महिनामा २–३ पटक जति यस्तो हुन्छ । यसले भावी जीवनमा कस्तो असर पार्न सक्छ ? यसलाई रोक्न के गर्नुपर्ला ? मैले कुनै डाक्टरलाई भनेर सल्लाह पनि लिएको छैन । कृपया यसबारे खुलस्त पारिदिनुहुन अनुरोध गर्दछु । – सन्दीप, बुटबल निदाइरहेको बेलामा एकपछि अर्को चित्र, विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानवइतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका हुन्छन् । जस्तै– डरलाग्दो, साहसिक, रमाइलो वा यौनसम्बन्धी । यहाँ तपाईंले देख्ने गरेको यौन–सपनाको सेरोफेरोमा रहेर कुरा गरिन्छ । यौनसम्बन्धी कुरा सचेत अवस्थामा सचेत मनले मात्र गर्ने कुरा हो भन्ने ठान्छौं तर यौनसम्बन्धी कुरा निदाएको बेलामा पनि निरन्तर चलिरहन्छ । निदाएको बेलामा लिड्ड उत्तेजित हुने वा यौनक्रियाकलापमा संलग्न भएको सपना देख्ने गरिन्छ । प्रायः पहिलो पटक यो किशोरावस्थामा यस्तो हुने गर्छ । यसले यौनविकास राम्ररी नै भएको संकेत गर्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरम सुख पाउने पनि गर्छन् । यसरी सपनामा यौनक्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै बोलिचालीको भाषामा स्वप्नदोष भन्ने गरिन्छ । अंग्रेजीमा भने यो अवस्थालाई जस्ता शब्दहरूको प्रयोग गरिन्छ । स्वप्नदोष कति पटक हुनु सामान्य हो भन्ने कुरा किटान गर्न सजिलो छैन । यो व्यक्तिअनुसार फरक पर्ने गर्छ । कसैमा धेरै पटक हुन्छ भने कसैमा थोरै हुन्छ । यो पक्कै हो कि किशोरावास्था वा युवावस्थामा यो तुलनात्मकरूपमा धेरै हुने गर्छ । अविवाहित १५ वर्षको किशोरमा ३ हप्तामा एक पटक यस्तो हुने देखिएको छ भने एकल वयष्क पुरुषमा साढे पाँच हप्तामा एक पटक हुने देखिन्छ । विवाहितमा भने अलि कमै हुन्छ । १९ वर्षको विवाहित किशोरले महिनामा एकपल्ट र ५० वर्षको विवाहित पुरुषले २ महिनामा एकपल्ट यौन–सपना देख्ने गरेको पाइन्छ । धेरै हस्तमैथुन गरिएको स्थितिमा पनि यौन–सपना देख्ने कुरा कम हुन्छ । किशोरावस्था वा युवावस्थामा यौनभावना तथा व्यग्रता तीव्र हुन्छ । यस उमेरका व्यक्तिले चेतन मनको धेरैजसो भाग यौनसम्बन्धी कुरा सोचेर बिताउने गर्छन् । तर उनीहरूले यौन–सपना धेरै देख्दैनन् । सरदर वर्षमा ८–१० पल्ट यौन–सपना देख्ने गरेको अध्ययनले देखाएको पाइन्छ । युवतीको हकमा पनि स्थिति यस्तै हो । यस तथ्याड्ढलाई हेर्दा शायद सपनाले यौनको सन्दर्भमा अहम् भूमिका खेल्दैन कि भन्ने पनि देखिन्छ । सपना र यौनका सन्दर्भमा फ्रायडले धेरै विश्लेषण गरेका छन् । सपनासम्बन्धी उनका कतिपय विश्लेषण र अर्थमा अहिले एकमत छैन । तर यथार्थ के हो भने हामी यौन–सपना देख्छौं । १५ वर्षको भइसक्दा यस्तै ५० प्रतिशत जति किशोरहरूले यसको अनुभव गरिसकेका हुन्छन् । यस्ता यौन–सपनाहरू एकदमै जीवन्त हुने र वास्तविकतासँग छुट्याउनै नसकिने अनुभव प्रशस्तै युवाहरूको छ । कतिपय स्थितिमा स्पष्टरूपमा यौनक्रियाकलापमा संलग्न भएको सपना देखिन्छ भने कतिपय स्थितिमा केही अमूर्तरूपमा देखिन्छ । सामाजिक तथा नैतिक मूल्य–मान्यतासँग अमेल भएको स्थितिमा साड्ढेतिकरूपमा सपनामा वस्तु वा क्रियाकलाप देखिन्छ । चेतनमनले यस्ता कुरालाई दबाउने गरेकाले सपनामै भए पनि देख्ने गरिन्छ । कतिपय स्थितिमा सपनामा यौनसम्पर्क राखिएका महिला वा पुरुष अपरिचित पनि हुने गर्छन् । कतिपय किशोरकिशोरीले शिक्षक–शिक्षिका, यौनसम्पर्क राख्न नमिल्ने परिवारका सदस्यसँग यौनसम्पर्क गरेको, खुला सार्वजनिक स्थानमा यौनसम्पर्क गरेको वा जनावरसँग यौनसम्पर्क गरेको पनि देख्न सक्छन् । आफू विपरीत लिड्डी भए पनि समलिड्डी यौनसम्पर्क गरेको पनि देख्ने गर्छन् । यस्ता सपना रोमाञ्चक भए पनि सामाजिक मूल्य–मान्यतासँग मेल नखानाले थप तनाव उत्पन हुन सक्छ । यौन–सपना किन देखिन्छ ? यसको जवाफ सजिलो छैन । सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि रागरस (सेक्स हर्मोन)ले एकातिर यौनव्यग्रता तथा यौनतनाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वीर्यको पनि उत्पादन हुन थाल्छ । अनि वीर्यले स्वाभाविकरूपमा बाहिर निस्कने बाटो खोज्छ । यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौनतनाव बढ्न थाल्छ । यसलाई शान्त पार्नु पनि स्वाभाविक कुरा नै हो । हस्तमैथुन वा यौनसम्पर्कबाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा व्यक्तिले यौन–सपना देख्छ । अनि पुरुषको हकमा सपनामै वीर्यस्खलन हुने र यौन चरमसुख प्राप्तिको स्थितिसम्म पुग्ने हुन्छ । महिलाले त्यस्तो सपना देखेको खण्डमा पनि योनिश्राव हुने र चरमसुख प्राप्त गर्ने हुन्छ । यौनतनावलाई शान्त पार्न गरिएको प्रयास वा क्रियाकलाप पर्याप्त नहुन पनि सक्छ । यौनतनाव शान्त पार्ने अर्को उपाय नभएको वा नगरिएको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले नै मिलाइदिएको यो यौन–सपना एक स्वाभाविक कुरा हो । अर्कोतिर के कुरा पनि विचार गर्नुपर्छ भने यौनसम्पर्क वा हस्तमैथुन सामान्यरूपमा राखिँदा यो केही कम भए पनि निर्मूल नै नहुन सक्छ । केहीमा पर्याप्त र नियमितरूपमा हस्तमैथुन वा यौनसम्पर्क गरिएकै अवस्थामा पनि यौन–सपना निरन्तर देखिने गरेको पाइन्छ । अचेलका केही अनुसन्धानहरूले यौन–सपनालाई टेस्टेस्टेरोन नामक हर्मोनको शरीरमा हुने मात्रासँग यौन–सपना देख्ने वा नदेख्ने कुरालाई जोडेका छन् । यौन–सपना देख्ने व्यक्तिमा टेस्टेस्टेरोनको मात्रा बढी हुने देखिएको छ । हुन त यौनको दृष्टिकोणले स्वस्थ व्यक्तिमा यो हर्मोन हुन्छ नै तर पनि कुनै व्यक्तिले यौन–सपना नै नदेख्न पनि सक्छ । यौन–सपना देखेर निद्रामै यौन चरमसुख पाउनु अनि यौन–सपना नै नदेख्नु दुवै प्राकृतिक कुरा हो । सपनामा वीर्यस्खलन सामान्य बोलिचालीको भाषामा यसलाई स्वप्नदोष भनिन्छ । दोषको अर्थ केही खराबी भन्ने बुझिन्छ । तर यौन–सपना समस्या वा खराबी होइन । पूर्वीय समाजमा वीर्य खेर जान दिनुहुन्न भन्ने सोच विद्यमान थियो र अहिले पनि छ । वीर्य खेर गएमा कमजोरी हुने, जीवनशक्तिमा ह्रास आउने विश्वास राखिन्थ्यो । त्यसै गरी अन्य पश्चिमी समाजमा १८–१९ औं शताब्दीमा विवाहबाहिर वा धेरै मात्रामा वीर्यस्खलन हुनुलाई क्उभचmबतयचचजभब भन्ने खराबीको संज्ञा दिइन्थ्यो । र, त्यसको उपचार पनि गर्ने गरिन्थ्यो । अर्को थरी अवधारणामा निद्रामा प्रेतात्मासँग यौनसम्पर्क भएको वा बलात्कार भएको सोच पनि राखिन्थ्यो । यौन–सपनाका सन्दर्भमा धेरै कुरा हुने गरे पनि माथि नै भनिसकिएजस्तै वास्तवमा यो कुनै दोषयुक्त कुरा नभई स्वाभाविक रूपमै हुने कुरा हो । यौन–सपनाले शरीरमा भएको यौनतनावलाई कम गर्न सहयोग गर्छ । यो यौनविकासको स्वाभाविक कुरा हो । किशोरावस्थामा यौनविकासको क्रममा धेरैले यसको पहिलो अनुभव गर्ने गरेका हुन्छन् । हस्तमैथुन वा यौनसम्पर्कको माध्यमबाट यौनतनावलाई शान्त पारिने उपाय नगरिएको स्थितिमा केही बढी देखिन्छ । अविवाहित वा यौनसाथीसँग छुट्टिएर बसेको व्यक्तिले यौन–सपना देख्नु सामान्य कुरा हो । स्वप्नदोषबारे उचित तथा सही जानकारी नपाउने हुनाले कतिपय किशोर तथा युवाहरू गहिरो चिन्तामा पर्छन् । पक्कै पनि आफूलाई कुनै गम्भीर रोग लागेको भन्ने ठान्ने गर्छन् । अन्य कतिपय कुरासँग यसलाई जोड्ने पनि गरिन्छ । तर यस अवस्थामा कुनै हानिकारक असर हुँदैन । यो एक प्राकृतिक तथा स्वाभाविक प्रक्रिया भएकोले यसको उपचारको आवश्यकता नै पर्दैन । तपाईंको प्रजनन तथा यौनप्रणालीले जबसम्म राम्ररी काम गरिरहन्छ, यस प्रकारको घटना दोहोरिन सक्छ । यसलाई तपाईंले चाहँदैमा सजिलै रोक्न सकिने पनि होइन । यसलाई कम गर्न यौन चरमसुख पाउने वा वीर्यस्खलन हुने उपाय– हस्तमैथुन वा यौनसम्पर्क सहयोगी हुन सक्छन् । तपाईंले अनावश्यकरूपमा यसलाई बन्द गर्ने उपायको खोजी गर्दै जानुभएमा यसका उपचार गरिदिने र यसलाई रोग ठान्ने व्यक्ति प्रशस्तै भेटिन्छन् । विभिन्न परम्परागत चिकित्सा प्रणालीमा तपाईंले विभिन्न प्रकारको उपचार विधि भेट्न पनि सक्नुहुन्छ तर यसको आवश्यता छैन । त्यस्ता उपायको प्रयोगले तपाईंलाई होइन, सो कथित उपचार गर्ने व्यक्तिलाई फाइदा हुन्छ । स्वाभाविक कुरालाई अनावश्यकरूपमा उपचार खोज्नु बुद्धिमानी होइन । तर केही स्थिति हुन्छन्, जसमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । हप्तामा दुईपल्ट वा सोभन्दा बढी निद्रामा वीर्यस्खलन हुने गरेको स्थितिमा कतै–कुनै हर्मोनसम्बन्धी केही खराबी छ कि भन्ने कुरा पत्ता लगाउनुपर्छ । स्खलनपछिको अवस्था महिलामा त्यति धेरै चासोको विषय नभए पनि वीर्यस्खलनमा पुरुषलाई केही असजिलो हुन्छ । कतिपय यस्ता यौनउत्तेजक सपना देखिसकेर वीर्यस्खलन हुनासाथ बिउँझिन्छन् भने अर्को थरी वीर्य स्खलन हुनै लागेको बेलामा बिउँझिन्छन् । केहीको त निद्रा नै खुल्दैन र बिहान बिउँझिसकेपछि मात्र थाहा पाउँछन् । जे होस्, निद्रामा वीर्यस्खलन भएपछि बिहान उठेर सफाइमा विशेष ध्यान दिनुपर्छ । वीर्य यौनाड्डक्षेत्रमा रहिरहेमा संक्रमण हुने जोखिम पनि हुन्छ । त्यसैले बिउँझिएपछि यौनाड्डक्षेत्र साबुन–पानीले धुनुपर्छ । तन्ना वा लगाएको लुगामा वीर्यको दाग लाग्ने अनि कसैले थाहा पाउला भन्ने बारेमा पनि चिन्ता हुने गर्छ । त्यसैले सफाइमा ध्यान पुर्याउनुपर्छ

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger