Widgets

Home » » झलनाथ खनाल हर्बल व्यापारमा

झलनाथ खनाल हर्बल व्यापारमा

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


२३ चैत, काठमाण्डौं । क्यान्सर निदानमा बहुउपयोगी लोठसल्लाको पात संकलनमा सर्वसाधारण र व्यापारीको मात्र नभई पूर्वप्रधानमन्त्री एवंर् माले अध्यक्ष झलनाथ खनालको पनि पारिवारिक लगनी देखिएको छ । खनालकी पत्नी रविलक्ष्मी चित्रकार संकलनको अनुमति लिन वन मन्त्रालय र वन विभाग धाइरहेकी छन् । जानकारहरुका अनुसार खनाल परिवारले गत बर्ष किशोरी महतो र लुना भन्ने व्यत्तिबाट करिब १८ करोड रुपैयाँ साझेदारीमा हेटौंडा बसामाडीमा रहेको ‘माछापुच्छ्रे हर्बल कम्पनी प्रालि’ किनेको थियो । माछापुच्छ्रे लोठसल्लाको पात प्रशोधन गर्ने उच्चस्तरीय कम्पनी हो । माछापुच्छ्रेसँगै बसामाडीमा ‘नेचुरल फ्लावर्स एन्ड हर्वल प्राली’ नामको प्रशोधन कम्पनी पनि छ । नेपालमा यस्ता प्रशोधन कम्पनी यी दुई मात्र हुन् । २०४७ सालको अन्तरिम सरकारमा वनमन्त्री रहेका बेला खनाल ‘सालसिड प्रकरणमा’ तानिएका थिए । त्यतिबेलैदेखि वनस्पतिजन्य उद्योगमा उनको रुचि बढ्दै गएको थियो । लोठसल्लाको पात प्रशोधन गरी ‘ट्याक्सोल’ नामको रासायनिक पदार्थ उत्पादन गरिन्छ, जुन क्यान्सर निदानमा प्रयोग हुन्छ्, कान्तिपुर दैनिकमा खबर छ । जानकारहरुका अनुसार एक मिलिग्राम ट्याक्सोलको करिब ५ हजार ५ सय पछै । वैज्ञानिकहरुका अनुसार एक जना क्यान्सरको बिरामीलाई २ ग्राम शुद्ध ट्याक्सोल आवश्यक पर्छ । डाबर नेपाललाई लोठसल्लामा काम गर्ने पायोनियर कम्पनी मानिन्छ । यसले काभ्रेको बनेपामा लोठसल्लाको नर्सरी स्थापना गरी विरुवा उत्पादन गरिरहेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger