Widgets

Home » » खोटाङका दुई युवक मलेसियामा १३ दिनदेखि वेपत्ता

खोटाङका दुई युवक मलेसियामा १३ दिनदेखि वेपत्ता

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
महेश्वर चामलिङ राई, उदयपुर, चैत्र २३- वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका खोटाङका दुई युवक १३ दिनदेखि बेपत्ता भएका छन्। गत ६ गते मलेसिया पुगेका जिल्लाको डाँडागाउँ ६ का २६ वर्षीय अश्विन सिग्देल र छिमेकी गाविस टेम्मा ९ का २३ वर्षीय प्रदिप खत्री १३ दिनदेखि परिवारसँग सम्पर्कबाहिर रहेको आफन्तले बताएका छन्। जिल्लाकै लफ्याङ गाविस घर भई काठमाडौंमा एजेन्ट काम गर्दै आएका डिल्ली कटुवालमार्फत उनीहरु मलेसिया छिरेको बताइएको छ। राजधानीको प्याराडाइज मेनपावर कम्पनीमार्फत मलेसिया गएका उनीहरु त्यहाँ पुगेको थाहा भए पनि हाल कहाँ छन् भन्ने बारे कते खुलेको छैन। उनीहरु काम गर्ने तोकिएको कम्पनीमा नपुगेको र एयरपोर्टबाट पनि छिरिसककेको जानकारीमा आएपनि कहाँ छन् भन्नेबारे नखुलेपछि आफन्त चिन्तित बनेको स्थानीय राजेन्द्र राईले बताएका छन्। उनीहरु हालसम्म सम्पर्क बाहिर रहेपछि खोजीका लागि सुरक्षित आप्रवासशन सूचना केन्द्रलाई अनुरोध गरिएको छ। खोटाङका चार, सुनसरीका एक र अन्य दुई गरी जम्मा सात नेपालीको समूहसँगे उनीहरु मलेसिया गएको तर, अन्य भएपनि दुईजना सम्पर्कबाहिर रहेको आप्रवासन केन्द्र खोटाङका कार्यक्रम संयोजक भक्त राईले बताएका छन्। बेपत्ताहरुको खोजी गरी सकुशल नेपाल फिर्ता ल्याउन हाल वैदेशिक रोजार विभागमा उजुरी दिएको पनि राईले जानकारी दिएका छन्। उजुरीपछि विभागले मेनपावर कम्पनी र एजेन्ट कटुवाललाई विभागमै बोलाएर तत्काल उद्धार गर्न निर्देशन दिईसकेको संयोजक राईले बताएका छन्। यसअघि मेनपावर कम्पनी र एजेन्टबाटै ठगिएर मलेसिया पुगेका खोटाङका दुई युवकलाई पनि चैत १७ गते सुरक्षित आप्रवासन केन्द्रकै सहयोगमा उद्धार गरिएको छ। सूचना केन्द्रको पहलमा नेर्पा ४ का ३३ वर्षीय तोयानाथ बास्तोला र दिक्तेल-३ का २३ वर्षीय राजकुमार पाण्डेको उद्धार गरिएको हो। उद्धारपछि उनीहरु कम्पनीमा बुझाएको धरौटी रकम लिएर घर र्फकने तयारीमा रहेको केन्द्रले जनाएको छ। केन्द्रमा आएको निवेदनको आधारमा पिपुल्स फोरममार्फत मेनपावर कम्पनी र एजेन्टलाई प्रतिवादी बनाएर वैदेशिक रोजगार विभागमा उजुरी हालेपछि उनीहरु नेपाल र्फकन पाउने स्थिति बनेको संयोजक राईले बताएका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger