Widgets

Home » » विद्यालय हिँडेकी बालिका बलात्कृत

विद्यालय हिँडेकी बालिका बलात्कृत

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बाबियाचौर (म्याग्दी), चैत २३- विद्यालय जाने क्रममा एक बालिका बलात्कृत भएकी छिन्। भगवती गाविसकी बालिका स्थानीयवासी १५ वर्षीय किशोरबाट बलात्कृत भएकी हुन्। आफन्तको संरक्षकत्वमा पीडित बालिकाले बुधबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीअनुसार यही चैत ९ गते बिहान विद्यालय जाने क्रममा पीडकको घरमा उनी बलात्कृत भएकी थिइन्। आमा मामाघर गएकी र घरमा सानीमासँग बस्दै आएकी बालिकाले आमा घरमा फर्केपछि चैत १९ गते घटना सार्वजनिक गरेकी हुन्। "म स्कुल जान हिँडेकी थिएँ, उसको घरछेउ पुगेपछि मिठाइ खान आऊ भन्यो र म गएँ, मिठाइ दिएपछि घरभित्र लग्यो" प्रहरी जाहेरीमा उल्लेख छ। घटनाको अनुसन्धान गरी जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक डिलिम्बरराज घिमिरेले बताए। पीडकलाई पनि पक्राउ गरिएको भए पनि उमेर कम भएकाले नाम सार्वजनिक नगरिएको उहाँले बताउनुभयो। गत महिना पनि बेनीको एक घरमा डेरा गरी बस्ने बालिका छिमेकी कोठामा बस्ने अर्का बालकबाट बलात्कृत भएकी थिइन्। रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger