Widgets

Home » » नेपाली युथ छनोटबाटै बाहिर

नेपाली युथ छनोटबाटै बाहिर

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, चैत २३ (नागरिक)- ताजकिस्तानसँग १-१ को बराबरीमा रोकिएपछि आयोजक नेपाल बिहीबार एएफसी यु-१४ कपअन्तर्गत समूह 'सी' को छनोटबाट बाहिरिएको छ। दशरथ रंगशालामा जारी छनोटको पहिलो खेलमा नेपालले मंगलबार दक्षिण एसियाली प्रतिद्वन्द्वी अफगानिस्तानलाई २-१ को नतिजा सुम्पेको थियो। ताजकिस्तानले पहिलो खेलमा भुटानमाथि १५-० को जित पाइसकेको अवस्थामा अफगानिस्तानले बिहीबार भुटानलाई १४-० ले हराएपछि नेपाललाई अन्तिम चरण छानिने सम्भावना जीवित राख्न जित अपरिहार्य थियो। बिहीबारका नतिजापछि नेपाल र भुटान दुवै समूह चरणबाट बाहिरिए। ६ अंक जोडेको अफगानिस्तान शीर्ष स्थानमा छ भने ताजकिस्तान ४ अंकसहित दोस्रो स्थानमा छ। नेपाल ३ अंक लिएर तेस्रो स्थानमा छ भने भुटानको खातामा कुनै अंक छैन। समूह विजेताले मात्र अन्तिम चरणमा स्थान पक्का गर्नेछ। शनिबार अन्तिम खेलमा नेपालले भुटानसँग र अफगानिस्तानले ताजकिस्तानसँग खेल्ने छन्। 'पहिलो खेलमा पराजय भोग्नु हाम्रा लागि सबैभन्दा दुर्भाग्यजनक रहयो। आज हामी जित्नैपर्ने दबाबमा थियौं, तर त्योअनुरुप नतिजा ल्याउन सकेनौं,' नेपालका प्रशिक्षक सुनील श्रेष्ठले पत्रकार सम्मेलनमा भने। ताजकिस्तानले १४औं मिनेटमा अल्दुल्लोइभ खुर्सिदको गोलमा अग्रता लियो। अब्लुलोइभ शाहरोमको पेनाल्टी नेपाली गोलकिपर सोजित गुरुङले फर्काएपछि रिबाउन्डमा खुर्सिदले गोल गरेका हुन्। नेपाली रक्षक लक्ष्मण परियारले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि ताजकिस्तानले पेनाल्टी मौका पाएको हो। क्षितिज राजले २५औं मिनेटमा नेपालबाट बराबरी गोल गरे। कप्तान मनीषबहादुर कार्कीले मिलाएको बललाई पेनाल्टी बक्सको छेउबाट कडा प्रहारमा क्षितिजले गोल गरेका थिए। बिहीबारै कप्तान अब्दुल नासिर अमिनी एक्लैले ५ गोल गरेपछि अफगानिस्तानले भुटानमाथि १४-० को फराकिलो जित पाएको थियो। अफगानिस्तानका ओमिद हैदर सानेहले दुई गोल गरे भने अमानुल्लाह काजी, शेर अहमद हामेदी, मुर्टाजा कम्बारी, अहमाडे मुबाशेर हैदरी, इलियास अमिरी र मुज्ताबा राजीले १-१ गोल गरे। भुटानका तेन्दिन वाङ्गेलले एक आत्मघाती गोल गरेका थिए। नेपालद्वारा उजुरी ताजकिस्तानसँगको खेल बराबरीमा टुंगिएपछि नेपालले एसियाली फुटबल महासंघ (एएफसी) मा उजुरी हालेको छ। बराबरीमा खेल सकिएपछि टाइब्रेकरबाट निर्णय लिइने प्रतियोगिता नियमावलीमा उल्लेख भए पनि नेपाल र ताजकिस्तानबीचको खेलमा त्यस्तो नगरिएको दाबीका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसीमा उजुरी हालेको एन्फा प्रवक्ता ललितकृष्ण श्रेष्ठले जानकारी गराएका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger