Widgets

Home » » साउदीमा ८० हजार नेपालीको रोजगारी गुम्यो

साउदीमा ८० हजार नेपालीको रोजगारी गुम्यो

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


२३ चैत, काठमाण्डौं । साउदी सरकारले गैरकानुनी रुपमा रहेका विदेशी कामदार फर्काउने अभियान सुरु गरेको छ । तीन महिनाको समय दिएर साउदी सरकारले गैर कानुनी रुपमा बस्दै आएका विदेशी कामदारलाई स्वदेश र्फकने अवसर दिन लागेको हो । साउदी सरकारको सो निर्णयबाट झन्डै ८० हजार नेपाली कामदारको रोजगारी गुमेको छ भने उनीहरु आगामी तीन महिनाभित्र नेपाल र्फकनुपर्ने अवस्था आएको छ । साउदी अरबमा नेपाल कामदार पठाउँदै आएका व्यवसायी बलराम गिरीले दिएको जानकारी अनुसार गत सातादेखि साउदी सरकारले आधिकारिक निर्णय गरी गैरकानुनी रुपमा रहेका विदेशी कामदारलाई फिर्ता पठाउने अभियन सुरु गरिसकेको छ । साउदी अरबमा ८० हजारभन्दा बढी नेपाली कामदार गैरकानुनी रुपमा रहेका छन् । साउदी सरकारको नियमअनुसार फ्री (आजाद) भिसामा गएका, एउटा कम्पनीबाट काम छाडेर अर्को कम्पनीमा काम गरिरहेका, भिसा पेपरअनुसार काम नगरेका कामदार गैरकानुनी रुपमा बसोबास गर्नेका सूचीमा परेको राजधानी दैनिकमा खबर छ । ‘यसरी भिसाको पेसाभन्दा फरक काम विदेशीले गर्दा साउदीकरण (निजाकत) गर्ने सरकारी नीतिलाई असहयोग पुगेकेा साउदी सरकारको बुझाई छ, तर नयाँ जाने कामदारको हकमा कुनै असर पर्दैन किनकी हाल नयाँ भिसा दिँदा सरकारी मापदण्ड पूरा गरेका कम्पनीलाई मात्र कामदार ल्याउने अनुमति दिएकोछ,’ लामो समयदेखि साउदीमा रहेर व्यवसाय गरिरहेका गिरीले भने ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger