Widgets

Home » » मुद्रा तस्करीको अभियोगमा एसएसीपी रविराज बर्खास्त

मुद्रा तस्करीको अभियोगमा एसएसीपी रविराज बर्खास्त

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२३ चैत, काठमाडौं । विदेशी मुद्रा तस्करीमा संलग्न भएको अभियोगमा एसएसीपी रविराज श्रेष्ठ पदबाट बर्खास्त भएका छन् ।
ssp-raviraj-shresthaगृहमन्त्रीस्तरी बैठकले शुक्रबार श्रेष्ठको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तको निर्णय गरेको गृह प्रवक्ता शंकरप्रसाद कोइरालाले जानकारी दिनुभयो । श्रेष्ठलाई भविश्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी बर्खास्त गरिएको हो ।
गत असोज २१ गते फ्लाई दुबईको विमानबाट दुबई पठाउन लागेको अवस्थामा १ करोड ५४ लाख मूल्य बराबरको विदेशी मुद्रा बरामद भएको थियो । लगतै श्रेष्ठ निलम्बनमा परेका थिए ।
अनुसन्धानका क्रममा प्रहरी प्रधान कार्यालयले गठन गरेको समितिले समेत श्रेष्ठलाई मूख्य मतियार ठहर गरेपछि प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले निलम्बनका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।
श्रेष्ठका सहयोगी प्रहरी हवल्दार सोभित कार्की भने धरौटी तिर्न नसक्दा कारगारमा छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger